काठमाडौँ, १३ मङ्सिर । उपप्रधानमन्त्री कमल
थापाले राजनीतिक स्थिरता कायम गर्दै अबको
एक वर्षभित्र स्थानीय निकायको निर्वाचन गर्ने
विषयलाई सरकारले प्राथमिकतामा राखेको
बताउनुभएको छ ।
जिविस काठमाडौँले यहाँ आज आयोजना गरेको
आव २०७३÷७४ को पूर्वयोजना तर्जुमा गोष्ठीको
उद्घाटन गर्दै सङ्घीय मामिला तथा स्थानीय
विकासमन्त्री थापाले लामो समयदेखि स्थानीय
निकायको निर्वाचन हुन नसक्दा अनियमितता
बढ्दै गएकाले जति सक्दो चाँडो निर्वाचन गर्नुपर्ने
बताउनुभयो ।
काठमाडौँ जिल्लालाई सिङ्गो महानगरका
रूपमा लिएर विकास गर्ने गरी जिविसले ध्यान
दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सांसद ध्यानगोविन्द रन्जित, अष्टलक्ष्मी शाक्य,
राजन केसी र रामेश्वर फुयाँलले योजना तर्जुमा
गर्दा सबै क्षेत्र, वर्ग, जातजाति, धर्मलाई समावेश
गर्न आग्रह गर्नुभयो ।
स्थानीय विकास मन्त्रालयका सचिव माधव
रेग्मीले प्रशासनिक क्षेत्रमा देखिएको गलत
प्रविधिलाई प्रोत्साहन गर्न नहुने बताउनुभयो ।
गोष्ठीमा आव २०७३/७४ को जिल्ला विकास
योजना तर्जुमा गर्दा लिइने नीति सार्वजनिक
गरिएको छ, जसमा वातावरणमैत्री शासनको
खाकालाई स्थानीयकरण गर्ने अभियान सञ्चालन
गर्न प्रोत्साहन गर्ने लगायत कायक्रम छन् । रासस
Home »
Nepali News
» ‘एक वर्षभित्र स्थानीय
निकाय निर्वाचन’
‘एक वर्षभित्र स्थानीय निकाय निर्वाचन’
Posted by Unknown
Posted on 3:18 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment