काठमाडौं, मंसिर १३ । कृषि विकास मन्त्रालयले कृषकलाई पेन्सनको
व्यवस्था गर्न लागेको जनाएको छ । किसानहरुलाई सुरक्षा
भत्ताको रुपमा पेन्सनको व्यवस्था गर्न लागेको मन्त्रालयको भनाई
छ ।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री
हरिबोल गजुरेलले कृषकहरुको आर्थिक अवस्था सवल बनाउन
सहभागीतामा आधारित किसान पेन्सनको
व्यवस्था गर्न लागेको बताए ।
मन्त्री गजुरेलले सार्वजनिक गरेको २७ बुँदे कृषि क्षेत्रको सुधार
कार्यक्रममा राष्ट्रिय किसान आयोग गठन, भूकम्प प्रभावित
क्षेत्रमा सहुलियत दरमा ऋण प्रदान, तालिम तथा अनुदान सहितको
युवा लक्षित कार्यक्रम सञ्चालन लगायतका रहेका छन् ।
मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईका अनुसार मन्त्रालयले
गरेको प्रतिबद्धता कार्यन्वयनका लागि कृषि मन्त्रालयसँग २७ अर्ब
र सिँचाइ मन्त्रालयसँग २० अर्व रहेको छ ।
भूकम्प प्रभावित किसानहरुको उत्थानका लागि ४ अर्बभन्दा बढी
रकम विनियोजन भइसकेको मन्त्रालयले जनाएको छ ।
Home »
Nepali News
» कृषकलाई पेन्सनको व्यवस्था गरिने
कृषकलाई पेन्सनको व्यवस्था गरिने
Posted by Unknown
Posted on 6:37 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment