Home » » नियन्त्रणमा लिइएका एसएसबी भारतीय कमाण्डरको जिम्मा

नियन्त्रणमा लिइएका एसएसबी भारतीय कमाण्डरको जिम्मा



झापा, मंसिर १३ । झापाको बिहारसंग
सीमा जोडिएको केचना गाविसमा
नियन्त्रणमा लिइएका भारतीय सीमा
सुरक्षा बल एसएसबीका सुरक्षाकर्मीलाई
भारतीय प्रहरीलाई जिम्मा लगाइएको छ ।
झापाका सहायक जिल्ला प्रमुख अधिकारी
डमरु प्रसाद निरौला र डिएसपी भीम
दाहालको रोहवरमा १३ जनालाई नै
भारतीय सिमा सुरक्षाबलका कमाण्डरलाई
जिम्मा लगाइएको हो ।
केचना
गाविसको सीमा नाकाबाट अवैध रुपमा
नेपाल प्रवेश गरेका १३ जना एसएसबीका
सुरक्षाकर्मीहरुले केचना–४ का लाल महमद
मिंयाको घरमा प्रवेश गरी अभद्र व्यवहार गर्न
लागेपछि स्थानियबासीहरुले प्रतिकार
गरेका थिए ।
मिंयाको घरबाट उनीहरुलाई सशस्त्र
प्रहरीको बोर्डर आउट पोस्टका सशस्त्र प्रहरी
टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ
परेका मध्ये चार जनासँग अत्याधुनिक राइफल
समेत थियो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved