Home » » 'बेल्जियमलाई जे कुराको डर थियो त्यही भयो'

'बेल्जियमलाई जे कुराको डर थियो त्यही भयो'


१० चैत्र,
ब्रसेल्स—बेल्जियमले जुन कुरामा डर मान्दै आएको थियो त्यो दुर्घटना हुन पुगेको बेल्जियम आक्रमणपछि यहाँका प्रधानमन्त्री चाल्स मिसेलले बताएका छन्। बेल्जियमको राजधानी सहर ब्रसेल्सको बिमानस्थल र लगायतका ठाँउमा मङ्गलबार बिहान गराइएका शक्तिशाली विस्फोटमा परी कम्तिमा ३४ जनाको मृत्यु भएको छ भने १०९ जना घाइते भएका थिए।
हामीले जे कुरामा डर मान्दै आएका थियौँ त्यो दुर्घटना हुन पुगेको छ। यो दुःखको घडीमा म सबैलाई संयमता तथा एकता प्रदर्शन गर्न आग्रह गर्छुु, मिसेलले भनेका थिए।
घटनापश्चात् बेल्जियममा उच्च सतर्कता अपनाइएको छ। सबैतिर सुरक्षा संयन्त्रलाई परिचालन गरिएको छ। हवाई तथा रेल सेवालाई सुरक्षित स्थानमा अवतरण गर्न सरकारले आग्रह गरेको छ भने यहाँका नागरिक एवम् विदेशी पर्यटकलाई आफू रहेको स्थानमा नै सतर्कताका साथ रहन अनुरोध गरिएको छ।
घटनाबारे टिप्पणी गर्दै फ्रान्सका प्रधानमन्त्री म्यानुएर भल्जले भने, 'हामी आतङ्कवादविरुद्धको युद्धमा छौँ।' यो विगत केही महिनायताको अवस्था भएको तर यो धेरै समय नरहने उनले बताए। घटनाको तत्कालै कसैले जिम्मेवारी लिएको छैन। पेरिस आक्रमणका शङ्कास्पद मुख्य योजनाकार सालेह अबेसलाम र यस घटनाप्रति कुनै तादम्यता भएका प्रमाण भेटिइनसके पनि घटना अबेसलामको ब्रसेल्सबाट भएको गिरफ्तारीपछि भएकोले यसबारे अनुसन्धान बढाइएको छ।
घटनापछि फ्रान्सका राष्ट्रपति फ्रान्साँ अलान्दले विशिष्ट मन्त्रीसँग बैठक गरी यस घटनापछि पेरिसको भूमिकाका बारेमा छलफल गर्ने भएका छन्।
घटनापछि युरोपभरि सुरक्षालाई उच्च विन्दुमा पुर्याइएको छ। युरोपेली आयोगका प्रमुख डोनाल्ड टस्कले घटनाको निन्दा गर्दै भनेका छन्,'आतङ्कवादीहरुको अर्को एक घृणित एवम् हिंसात्मक कार्य गरेका छन् । यो अत्यन्तै नीच कार्य भएको छ।'
मङ्गलबार बिहान विभिन्न ठाउँमा शक्तिशाली विस्फोट भएका थिए। विमानस्थलको टर्मिनल भवनबाट धुवाँ उडिरहेको र त्यस घर वरिपरिको वातावरण अत्यन्तै तनावपूर्ण रहेको जानकारी ब्रसेल्सका टेलिभिजनहरुले देखाएका थिए।
Nagarik news बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved