Recent News

अमेरिकामा नेपाली विमा एजेन्टहरुमाथि कारबाही सुरु


अमेरिकास्थित नेपाली समुदायमा भ्रामक रुपले विमा बेचेर ठगी गरेको उजुरी परेपछि सम्बद्ध निकायले नेपाली एजेन्टहरुमाथि स्पष्टिकरण सोधेको छ।
पीडितहरुले दिएको उजुरीका आधारमा नेशनल एशोसियसन अफ इन्स्योरेन्स कमिसन्स (एनएआइसी) ले प्रिमियर फाइनान्सियल एलायन्स (पिएफए) र त्यसअन्र्तगतको नेशनल लाइफ गु्रपका विमा एजेन्टहरुमाथि कारबाही प्रक्रिया सुरु गरेको हो।
उक्त संस्थाले नेशनल लाइफ गु्रप सम्बद्ध एक दर्जनभन्दा बढी नेपाली एजेन्टलाई चेतावनीसहित लाइसेन्स खारेज गर्नु नपर्ने कारण पेश गर्न मार्च २२ मंगलबारसम्मको म्याद दिएको थियो। ती संस्थाका एजेन्टहरुले चित्तबुझ्दो जवाफ नदिए वा जवाफ नै नपठाए उनीहरुको लाइसेन्स स्वतः खारेज गर्ने एनएआइसीका अधिकारीले पठाएको पत्रमा उल्लेख छ।
स्रोतका अनुसार यस्तो चेतावनीसहित स्पष्टिकरण सोधिएका एजेन्टहरु भर्जिनिया, बोस्टन, लगायत क्षेत्रका छन्। ती एजेन्टहरुले सोझा नेपाली र नवआगन्तुकलाई पोलिसीमा नभएका कुरालाई भ्रमपूर्वक विमा गरे बचत, लाभांश र क्यास भ्यालु समेत पाउने भन्दै हजारौं नेपालीलाई जीवन विमा बेचेका थिए।
नेपाली एजेन्टहरुको यस्तो कार्यप्रति विमक कम्पनी नेशनल लाइफ ग्रुपले पनि अत्यन्तै गम्भिरतापूर्वक लिएको छ। गलत जानकारी दिएर विमाकर्तालाई ठगी गरेको प्रमाणित भएमा एजेन्टहरुसँग गरेको सम्झौता रद्द गर्ने आश्वासन समेत उक्त ग्रुपले दिएको छ।
यसैबीच गैरआवासिय नेपालीहरुको संगठन एनआरएन एनसीसी अमेरिकाका अध्यक्ष डा.केशव पौडेलले जीवन विमाबाट धेरै नेपाली ठगिएको विषय चर्चामा रहे पनि संस्थामा भने आधिकारिक रुपमा यसको जानकारी नआएको बताए। एजेन्टहरुले सुचना लुकाएर ठगी गरेको हो भने प्रमाणसहित एटोर्नी जनरलको कार्यालयमा उजुरी दिए उनीहरुलाई कारबाही हुने पौडेलले बताए।
‘नेपालीहरुको छिटै विश्वास गर्ने र प्रतिप्रश्न नगर्ने बानीका कारण एजेन्टले सजिलै ठग्न सकेका हुन सक्छन्’ पौडेलले सेतोपाटीसँग भने,‘अझै पनि समस्या समाधान गर्न ढिला भएको छैन।’
यता, पिएफएअन्तर्गत नेशनल लाइफ ग्रुपबाट अमेरिकामा धेरै नेपालीलाई जीवन विमा बेचेका नेपाली एजेन्टहरुमध्येका प्रमुख गोविन्द गिरी पे्रेरणाले भने नियमअनुसार विमा गराउँदा कोही नठगिएको जिकिर गर्छन्। विमा गर्दा कसैले ठगेको नभई विमाकर्ताको बुझाईमा मात्र फरक परेको उनको भनाई छ। एजेन्ट र विमाकर्ताबीचमा विमा बेच्ने क्रममा भएका कुरालाई सार्वजनिक रुपमा टिप्पणी गर्न नमिल्ने उनले जिकिर गरे। गिरीले भने,‘एकले अर्कालाई विमा बेचेको कुरा पर्सनल हो, यसमा अरुले बोल्न मिल्दैन।’
गिरी आफु मातहतका नेपाली एजेन्टहरुले तल्लो तहसम्मका ग्राहकलाई बेचेको विमाको प्रिमियमबाट मोटो कमिशन पाउने मुख्य एजेन्ट हुन्। उनले हालै आफ्नो फेसबुक पेजमा विमा कमिसनबाट मात्रै एक सातामा २८ हजार डलरको चेक बुझेको सार्वजनिक गरेका थिए। गिरीले चार वर्षदेखि पिएफएअन्तर्गतको विमा बेच्न थालेका हुन्। लाइसेन्स प्राप्त एजेन्टले अमेरिकी नियम कानुनअनुसार बेचेको विमाबाट धेरै नेपाली ठगिएको भन्ने कुरा गलत रहेको उनको दावी छ।
‘मैले विमा बेचेका आफ्ना ग्राहकको ‘टेक केयर’ गरिरहेको छु’ गिरीले सेतोपाटीसँग भने,‘विमाका बारेमा धेरै कुरा आएपछि अहिले धेरै ग्राहकमा चिन्ता र चासो छ। नबुझेकालाई थप बुझाउने प्रयास गरिरहेका छौं।’
अर्का एक एजेन्टकाअनुसार विमाबाट धेरैले ठगिएको गुनासोसँगै आफ्नो विमा पोलिसी नै रद्द गर्न थालेका छन्। कतिपयले बैंकबाट हुने पेमेन्ट रोक्का गरेका छन् भने कतिले कम्पनी मै फोन गरेर आफ्नो पोलिसी धमाधम रद्द गरेको ती एजेन्टले बताए।
यसरी बिमाकर्ताले पोलिसी रद्द गर्न थालेपछि बिमक कम्पनीले आफ्ना ग्राहक जोगाउने एक सुत्रीय अभियानमा लाग्न एजेन्टहरुलाई सर्कुलर गरेको छ। अहिले एजेन्टहरुले मागेका सहरमा कम्पनीले विमाबारे थप बुझाउन सक्ने व्यक्तिलाई ‘फोकल पर्सन’का रुपमा खटाएको छ।
को–को हुन् मुख्य एजेन्ट?
पीडितहरुले नेशनल एशोसियसन अफ इन्स्योरेन्स कमिसन्समा दिएको उजुरी अनुसार पोलिसीमा हुँदै नभएका कुरालाई आकर्षक प्याकेज छ भन्दै बिक्री गर्ने पिएफएका मुख्य एजेन्टमा भर्जिनियाबाट अनुभव गिरी र गोविन्द गिरी रहेका छन्। उनीहरु बाबु–छोरा हुन्।
यस्तै बोस्टन र न्यूह्याम्सरमा महेश्वर पन्त र हरि ढकाल एजेन्ट छन्। भर्जिनियामा कविन्द्र सिटौला, डोबा ढकाल, हेलिचन सिटौला, प्रदीप ढकाल, परशुराम भण्डारी, मुना भण्डारी, राजेन्द्र खनाल, माधव शर्मा, चन्द्र विष्ट र अविरल भियना अरु एजेन्ट हुन्।
यस्तै कोलोराडोमा मनोजकाजी तुलाधर र सुरेश प्रधान तथा मेरिल्याण्डमा विष्णु गुरुङ सक्रिय एजेन्ट छन्।
यो समूह पिरामिड शैलीमा कार्यरत छ। यी एजेन्टले आफुअन्तर्गत थुप्रै अन्य एजेन्ट बनाउँदै लैजान्छन्। यो क्रमले एउटा ठूलो पिरामिड बन्न जान्छ। यसअन्तर्गत तल्लो तह हुँदै माथिल्लो तहको एजेन्टसम्मले कमिसन पाउने गर्छ। विमाकर्ताले तिरेको प्रिमियमको ९० प्रतिशतभन्दा बढी रकम एजेन्टको खल्तीमा कमिसनको रुपमा जान्छ। यसले एजेन्टहरुको बिलासी जीवनशैली र महंगो विदेश यात्रा जुटाउने गर्छ।
यसैबीच, पिएफए जस्तै परामिड शैलीको अर्को विमा कम्पनी वल्र्ड फाइनान्सियल ग्रुपले पनि अमेरिकी–नेपाली समूदायका थुप्रै व्यक्तिलाई जीवन विमाका नाममा ठगी गरेको जानकारी सेतोपाटीलाई प्राप्त भएको छ। डब्लुएफए नाम रहेको उक्त कम्पनीका एजेन्टले बोस्टन, क्यालीफोर्निया, बाल्टिमोर, भर्जिनिया, न्यूयोर्क आदि स्थानमा बसोबास गर्ने नेपालीलाई ठगी गरेको सम्बद्ध स्रोतको भनाई छ। उनीहरुले पनि जीवन बिमा भन्दै आवधिक बिमा (टर्म इन्स्योरेन्स) बिक्री गरेको पीडितहरुले बताएका छन्। एजेन्टले पोलिसीमा भएको कुरा स्पष्ट नखुलाई सोझा नेपालीलाई आकर्षक सुविधा मात्र देखाएर इन्डेक्स्ड युनिभर्सल लाईफ प्रकृतिका विमा बेचेका छन्। टर्म इन्स्योरेन्स वा आवधिक विमा बाहेक बचत, लाभाँश, अपाङ्ता, बेरोजगारी आदिको क्षतिपूर्ति दिलाउने विमा इन्डेक्स युनिर्भसल लाईफ हो।
अहिले नेपाली समुदायमा बेचिएको विमा वर्षाैंसम्म हजारौं डलर प्रिमियम तिरे पनि अन्त्यमा बचत नभई सबै शुन्य हुने ती विमा पोलिसीमा उल्लेख छ। एजेन्टहरुले भने जीवन विमासँगै बचत समेत हुने भ्रम बाँडेर विमा बेच्दै आएका थिए। विमाबारे राम्रो ज्ञान नभएका र भर्खरै नेपालबाट आएका सोझा नेपाली यस्ता एजेन्टको पहिलो निसानामा परेका छन्। एजेन्टहरुले नै अमेरिकाका विभिन्न राज्यका ४ हजार नेपालीलाई पिएफए अन्तर्गतको जीवन विमा बेचेको बताएका छन्। तीमध्ये धेरैलाई व्यक्तिगत विश्वासका आधारमा पोलिसीमा नभएका सुविधा देखाएर विमा बेचेका छन्।
Setopati बाट

सरकारी कर्मचारी कुट्ने एमाले नेता प्रहरी हिरासतमा


सरकारी कर्मचारीमाथि हातपात गरेको अभियोगमा एमाले नेता लोकबहादुर डाँगीलाई प्रहरीले हिरासतमा राखेको छ।
गत आइतबार जिल्ला विकास समितिका सुचना अधिकृत पूर्णबहादुर वलीमाथि हातपात गरेको अभियोगमा डाँगीलाई जिल्ला प्रहरी कार्यालय सल्यानले पक्राउ गरी आफ्नो हिरासतमा राखेको प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।
पूर्णले जिल्ला विकास समितिले वितरण गरेको यूनिसेफको सरसफाई सम्बन्धि कार्यक्रमको वितरणमा मनोमानी गरेको र आफ्नो एनजीओलाई छनोट नगरेको भन्दै एमाले सल्यानका पूर्व अध्यक्षसमेत रहेका डाँगीले कुटेका थिए।
कर्मचारी कुटेको विरोधमा जिविस सल्यानले जिल्ला प्रशासनलाई जानकारी गराएको थियो। सोहिको आधारमा डाँगीलाई हिरासतमा राखिएको प्रशासनले जनाएको छ।
दुईवटा संस्था सञ्चालन गरिरहेका डाँगीले आफ्नो संस्थालाई कार्यक्रम नदिएको झोकमा कर्मचारीलाई हातपात गरेको पीडित वलीले आरोप लगाएका छन्।
Setopati बाट

आज दिउसो बिशिष्ठ प्रकारको चन्द्र ग्रहण


१० चैत, एजेन्सी ।
खगोलिए घटना अनुसार आज दिउसो चन्द्रमा पृ्थ्वीको प्रतिछाँया रहेको भागबाट जाँदैछ । यद्यपी यसलाई चन्द्र ग्रहण भने भनिएको छैन ।
ज्योतिषहरुले आज दिउसो ३ बजेर २० मिनेटपछि साँझ ७ बजेर ४५ मिनेट सम्म चन्द्रमा पृथ्वीको छायाँबाट गुज्रिने छ ।
यसलाई ग्रहण नै नभनिएको भएपनि यो अलि विशिष्ठ प्रकारको ग्रहण हो ।
पूर्णीमामा सूर्य तथा चन्द्रमाको बीचमा पृथ्वी आउँदा चन्द्र ग्रहण हुने गर्छ । अहिलेको पूर्णीमामा भने चन्द्रमा पृथ्वीको छायाँ रहेको स्थानबाट जाने भएपनि पूर्ण ग्रहण हुने छैन ।
एसिया, अष्ट्रेलिया, उत्तर अमेरिका र दक्षिण अमेरिकाका अधिकाँश भागबाट चन्द्रमा छायाँमा परेको देखिने ज्योतिषहरुले बताएका छन् ।
ग्रहण नभनिएका कारण यसले धार्मिकरुपमा कुनै काम गर्न नरोकिने पनि उनीहरुको भनाइ छ । सामान्यतः ग्रहणको समयमा धार्मिक कामहरु नगर्ने चलन छ ।
Nepaliheadlines.com बाट

प्रधानसेनापतिद्वारा राजकुमार ह्यारीको स्वागत


काठमाडौं: प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी' लाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।
नेपालका विभिन्न स्थानहरूको भ्रमण गरी नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाडौं फर्कने क्रममा प्रधानसेनापति क्षेत्रीले राजकुमार ‘ह्यारी' लाई स्वागत गरेका हुन् । नेपाल–बेलायत कूटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्ष पूरा भएको अवसरमा बेलायती महारानीको प्रतिनिधिका रूपमा पाँचदिने औपचारिक भ्रमणमा ‘ह्यारी' नेपाल आएका हुन् ।
भेटका क्रममा प्रधानसेनापति क्षेत्रीले नेपाली सेनाका तर्फबाट सम्झनास्वरूप उपहारसमेत दिएका थिए । जबाफमा राजकुमार ‘ह्यारी' ले आफ्नो भ्रमणको क्रममा नेपाली सेनाले पुर्याएको सहयोगका लागि धन्यवाद दिएको सैनिक जनसम्पर्क दिर्नेशनालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । राजकुमार ‘ह्यारी' र प्रधानसेनापति क्षेत्रीबीचको भेटघाटले द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्ध अझ प्रगाढ हुने नेपाली सेनाले जनाएको छ ।
यसअघि मंगलबार बिहान ११ बजे लमजुङबाट पोखरा पुगेका राजकुमार ह्यारीले पर्यटकीय नगरी पोखराको अवलोकन गरेका थिए । उनले त्यहाँस्थित ब्रिटिस क्याम्पमा पुगेर बेलायती सेनाका रेजिमेन्ट प्रमुखसँग भेटघाट गरेका थिए । राजकुमार ह्यारीले बेलायती सेनामा भर्ती हुँदा दिइने विभिन्न तालिम पनि अवलोकन गरेका थिए ।
अन्नपूर्ण पोस्ट्बाट


विषाक्त पाकिस्तानी रक्सीले लियो २४ जनाको ज्यान


पाकिस्तानमा विषाक्त रक्सी खाँदा २४ जनाको ज्यान गएको छ । दक्षिणी प्रान्त सिन्धको तान्दो मुहम्मद खान जिल्लामा विषाक्त रक्सी खाएका २४ जनाको ज्यान गएको पाकिस्तानी प्रहरीले जनाएको छ ।स्थानीयस्तरमा बनाइएको रक्सी खाएका अन्य केही गम्भीर बिरामी परेका छन् ।
उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विषाक्त रक्सीका कारण ज्यान जाने तथा घाइते हुनेमा अल्पसंख्यक हिन्दु समुदायका मानिस छन् । केही मुस्लिम पनि रहेको प्रहरीले जनाएको छ । पाकिस्तानमा मुस्लिम समुदायलाई रक्सी किन्न तथा पिउन प्रतिबन्ध छ । हिन्दुसहितका अल्यसंख्यक समुदायलाई भने रक्सी किन्नका लागि स्वीकृति लिनु पर्ने व्यवस्था छ । तर पाकिस्तानमा अवैध रुपमा घरमै रक्सी बनाउने धेरै छन् ।
पाकिस्तानमा विषाक्त रक्सीका कारण ज्यान जाने गरेका घटना यसअघि पनि हुने गरेका थिए । सन् २०१४ मा केही दिन भित्रै विषाक्त रक्सीका कारण ४० जनाको ज्यान गएको थियो । स्थानीय बासिन्दाले अवैध रुपमा रक्सी उत्पादन गर्ने तथा बिक्री गर्नेलाई कारबाही नगरेको भन्दै प्रहरी प्रशासनको आलोचना गरेका छन्। News24Nepal.com बाट

'बेल्जियमलाई जे कुराको डर थियो त्यही भयो'


१० चैत्र,
ब्रसेल्स—बेल्जियमले जुन कुरामा डर मान्दै आएको थियो त्यो दुर्घटना हुन पुगेको बेल्जियम आक्रमणपछि यहाँका प्रधानमन्त्री चाल्स मिसेलले बताएका छन्। बेल्जियमको राजधानी सहर ब्रसेल्सको बिमानस्थल र लगायतका ठाँउमा मङ्गलबार बिहान गराइएका शक्तिशाली विस्फोटमा परी कम्तिमा ३४ जनाको मृत्यु भएको छ भने १०९ जना घाइते भएका थिए।
हामीले जे कुरामा डर मान्दै आएका थियौँ त्यो दुर्घटना हुन पुगेको छ। यो दुःखको घडीमा म सबैलाई संयमता तथा एकता प्रदर्शन गर्न आग्रह गर्छुु, मिसेलले भनेका थिए।
घटनापश्चात् बेल्जियममा उच्च सतर्कता अपनाइएको छ। सबैतिर सुरक्षा संयन्त्रलाई परिचालन गरिएको छ। हवाई तथा रेल सेवालाई सुरक्षित स्थानमा अवतरण गर्न सरकारले आग्रह गरेको छ भने यहाँका नागरिक एवम् विदेशी पर्यटकलाई आफू रहेको स्थानमा नै सतर्कताका साथ रहन अनुरोध गरिएको छ।
घटनाबारे टिप्पणी गर्दै फ्रान्सका प्रधानमन्त्री म्यानुएर भल्जले भने, 'हामी आतङ्कवादविरुद्धको युद्धमा छौँ।' यो विगत केही महिनायताको अवस्था भएको तर यो धेरै समय नरहने उनले बताए। घटनाको तत्कालै कसैले जिम्मेवारी लिएको छैन। पेरिस आक्रमणका शङ्कास्पद मुख्य योजनाकार सालेह अबेसलाम र यस घटनाप्रति कुनै तादम्यता भएका प्रमाण भेटिइनसके पनि घटना अबेसलामको ब्रसेल्सबाट भएको गिरफ्तारीपछि भएकोले यसबारे अनुसन्धान बढाइएको छ।
घटनापछि फ्रान्सका राष्ट्रपति फ्रान्साँ अलान्दले विशिष्ट मन्त्रीसँग बैठक गरी यस घटनापछि पेरिसको भूमिकाका बारेमा छलफल गर्ने भएका छन्।
घटनापछि युरोपभरि सुरक्षालाई उच्च विन्दुमा पुर्याइएको छ। युरोपेली आयोगका प्रमुख डोनाल्ड टस्कले घटनाको निन्दा गर्दै भनेका छन्,'आतङ्कवादीहरुको अर्को एक घृणित एवम् हिंसात्मक कार्य गरेका छन् । यो अत्यन्तै नीच कार्य भएको छ।'
मङ्गलबार बिहान विभिन्न ठाउँमा शक्तिशाली विस्फोट भएका थिए। विमानस्थलको टर्मिनल भवनबाट धुवाँ उडिरहेको र त्यस घर वरिपरिको वातावरण अत्यन्तै तनावपूर्ण रहेको जानकारी ब्रसेल्सका टेलिभिजनहरुले देखाएका थिए।
Nagarik news बाट

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved