Home » » मधेसी मोर्चाका नेताले जनतामा भम्र छरे : गच्छदार

मधेसी मोर्चाका नेताले जनतामा भम्र छरे : गच्छदार


१६ पुस, विराटनगर । उपप्रधानमन्त्री विजयकुमार
गच्छदारले नयाँ संविधानबारे मधेसी मोर्चाले
जनतामा छरेका भम्रलाई चिरेर अघि बढ्नुपर्ने बताएका
छन् ।
‘संविधानले पहाड, हिमाल र तराईका समुदायको हक
अधिकारलाई सुनिश्चित गरेको छ तर मधेसी मोर्चाले
संविधानले केही दिएन भनेर जनतामा भ्रम छरेको छ,’
बिहीबार विराटनगरमा अगुवा कार्यकर्ताहरुलाई
सम्वोधन गर्दै गच्छदारले भने ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्षसमेत
रहेका गच्छदारले मोर्चाले संविधानले केही दिन सकेन
भनेर जनतामा भ्रम छरेकाले त्यसलाई चिर्न आफना
कार्यकर्तालाई निर्देशन समेत दिए । कुनैपनि संविधान
आफैमा पूर्ण नहुने भन्दै गच्छदारले संविधान संसोधन गरेर
सबैको अक अधिकारलाई सुरक्षित गर्न सकिने धारणा
राखे ।
‘अहिलेको अवस्थामा मोर्चाको मागलाई पनि
संविधान संसोधनमार्फत सम्वोधन गर्न सकिन्छ, उनले
भने, ‘जनतामा संविधानबारे गलत नारा दिएर
आन्दोलन गरेर उचित निकास निस्किँदैन ।’
गच्छदारले मधेस समस्याको सम्वोधनका लागि तराई-
मधेसमा तीन प्रदेशसहित आठ प्रदेश निर्माण गर्नुपर्ने
दोहोर्याए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved