Home » » प्रधानमन्त्री ओलीका बडिगार्ड कृष्ण सिटौलाका सुराकी

प्रधानमन्त्री ओलीका बडिगार्ड कृष्ण सिटौलाका सुराकी


१० चैत,काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको महत्वपूर्ण र गोप्य ठानिएको भेटघाटहरु पनि सबैभन्दा पहिले नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले थाहा पाउने गरेपछि प्रधानमन्त्री निवास बालुवाटारमा हल्लीखल्ली मच्चिएको छ ।
गृहमन्त्री भइसकेको मान्छेले राज्यको सुरक्षा संयन्त्रमा पकड राख्नु, सूचना लिन् अन्यथा नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीकै महत्वपूर्ण भेटघाट र बालुवाटारको सानाभन्दा साना सूचना पनि सबैभन्दा पहिले सिटौला निवास चण्डोल पुग्न थालेपछि प्रधानमन्त्री सचिवालयमा गम्भीर सोधखोज भएको छ ।
नेपाली कांग्रेसको महाधिवेशनताका बालुवाटार पुगेर प्रधानमन्त्रीलाई कुनकुन कांग्रेसी नेताले कहिलेकहिले भेट गरे भन्नेसम्मका सूचना संकलन सिटौलाले अरुमार्फत नभई प्रधानमन्त्री ओलीकै प्रहरीतर्फका अंगरक्षक डिएसपी सन्तोष तामाङमार्फत लिइरहेको पुष्टि भएको छ ।
Nepaliheadlines.com बाट


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved