Home » » पाकिस्तानमा यसरी भयो भारतको बेइज्जत (फोटो फिचरसहित)

पाकिस्तानमा यसरी भयो भारतको बेइज्जत (फोटो फिचरसहित)

काठमाडौं, २४ मंसिर । अहिले पनि भारत र
पाकिस्तानबीच सम्बन्ध खासै राम्रो छैन् ।
यी दुइ देशबीच सम्बन्ध विग्रिनुको मुख्य कारण जम्मू
कश्मिर राज्य हो । जून पहिला स्वतन्त्र थियो तर,
पछि भारतले आफ्नो नियन्त्रणमा लिएको थियो ।
काश्मिर भारत पाकिस्तान सीमा क्षेत्र थियो ।
काश्मिरलाई भारतले नियन्त्रणमा लिएपछि
पाकिस्तान रिसायो । त्यहीदेखि दुबै देशबीच सम्बन्ध
विग्रियो । आखिरमा सम्बन्ध भारतले विगारेको
देखिन्छ ।
हालै मात्र सम्बन्ध सुधारका लागि भारतीय
विदेशमन्त्री सुष्मा स्वराज पाकिस्तानको भ्रमणमा
छिन् । एसिया सम्मेलनमा भाग लिन त्यहाँ पुगेकी
सुष्माले सम्बन्ध सुधारको प्रयासमा पहिला
पाकिस्तानी विदेशमन्त्री सरताजलाई भेटिन् ।
त्यसपछि उनले पाकिस्तानी प्रधानमन्त्री नवाज
शरिफसँग भेट गरिन् ।
भेटवार्ताका क्रममा पाकिस्तानले जानाजान
भारतको बेइज्जत गरेको छ । पाकिस्तानले अहिलेसम्म
भारतसँगको दुश्मनी विर्सिन नसकेको कुरा माथिको
फोटोबाटै थाहा हुन्छ ।
स्वराज र पाकिस्तानी प्रधानमन्त्री शरीफबीच
भेटवार्ता हुँदा खिचिएको तस्वीर अहिले सामाजिक
सञ्जालमा भाइरलै भएको छ । कारण हो झण्डाको
अनुपस्थिति । नवाज शरीफ र सुषमा स्वराजबीच
बुधवार भेटवार्ता भएको थियो दुबै नेता द्धिपक्षीय
छलफल गर्न जून सोफामा बसेका थिए, त्यहाँ
पाकिस्तानको झण्डा त थियो तर, भारतको झण्डा
थिएन् ।
दुबै नेताको पछाडी पाकिस्तानका संस्थापक
मोहम्मद अली जिन्नाको तस्वीर थियो । नवाजको
पछाडी पाकिस्तानकै हरियो रंगको झण्डा छ भने
सुष्माको पछाडी पनि पाकिस्तानकै झण्डा
लगाएइको छ । जसलाई कुटनीतिक तबरले बेइज्जतका
रुपमा हेरिएको छ ।
जबकि कूटनीतिक परिपाटी अनुसार दुबै मुलुकका
प्रतिनिधि मण्डलको भेट हुँदा दुबै देशको झण्डा
देखिनुपर्छ । द्धिपक्षीय भेटवार्तामा झण्डा
नदेखिएपछि आम आदमी पार्टीका नेता कुमार
विश्वासले मोदी सरकारको पाकिस्तानमा पनि
बेइज्जत भएको बताएका छन् । उनले मोदीकै कारण आज
भारतको बेइज्जत भएको बताए । (एजेन्सीको
सहयोगमा)

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved