Home » » सुन्दा पनि अचम्म लाग्ने, साउदी अरबका महिलामाथि यस्ताे प्रतिबन्ध

सुन्दा पनि अचम्म लाग्ने, साउदी अरबका महिलामाथि यस्ताे प्रतिबन्ध


एजेन्सी । साउदी अरबका महिलाहरुमाथि यस्ता–यस्ता प्रतिबन्धहरु छन् जो खुल्ला समाजमा रहने मानिसहरुले सोच्न
पनि सक्दैनन् । २१ औं शताब्दीमा महिलाहरुमाथिको यो प्रतिबन्ध निकै लज्जास्पद छ । आउनुहोस् आज हामी तपाईंलाई
साउदी अरेबियामा महिलाहरुमाथि भएको प्रतिबन्धहरुबारे जानकारी गराउँछौं ।
१.साउदी अरबका महिलाका लागि राजनीतिक अधिकार दिएको छैन । सशक्तीकरण जस्ता अधिकारका कुरा त्यहाँ
केही हुँदैन । हालमात्रै केही अधिकार पाएका छन् । यो हप्ता मात्रै उनीहरुले पहिलो पटक भोट गदैछन् । तर एक लाख ३१
हजार महिलाले मात्रै मतदानका लागि आफ्नो नाम दर्ता गरेका छन् । तर पुरुष मतदाताको संख्या १३.५ लाख रहेको छ ।
१८ वर्ष पुगेका पुरुषले मतदान गर्न पाउने अधिकार छ ।
२. साउदीका महिलाका लागि पहिरनको आचार संहिता दुनियाँकै सबैभन्दा कडा रहेको छ । खुल्ला शिरमा महिला
बाहिर निस्कन पाइने छैन । बाहिर निस्कँदा उनीसँग कोही न कोही पुरुष हुनैपर्छ ।
३. साउदीका महिलाहरुले यात्रा गर्न, आधिकारीक कामकाज गर्न पुरुषको इजाजत बिना उपचार गर्न पाउने छैनन् ।
साउदीका महिलाहरुले आफ्नो परिवार भन्दा अन्य पुरुषसँग भेट्न पाउँदैनन् ।
४. साउदी अरबमा महिलाले सवारी साधन चलाउन पाउँदैनन् । उनीहरु अहिले पनि यसको लागि संघर्षमा छन् । सन् १९९०
देखि उनीहरुले महिलाले सवारी साधन चलाउन पाउनुपर्ने माग गर्दै आएका छन् ।
५. उनीहरुले बैंक खाता पनि खोल्न पाउँदैनन् । तर धेरै महिलाहरुले आफ्नै व्यापार समेत गरिरहेका छन् । तर पुरुष अविभावकको
अनुमतिमा मात्रै खोलिएका छन् । उनीहरुमाथि पुरुषको निगरानी हुनु अनिवार्य छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved