Home » » प्रधानसेनापतिद्वारा राजकुमार ह्यारीको स्वागत

प्रधानसेनापतिद्वारा राजकुमार ह्यारीको स्वागत


काठमाडौं: प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी' लाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।
नेपालका विभिन्न स्थानहरूको भ्रमण गरी नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाडौं फर्कने क्रममा प्रधानसेनापति क्षेत्रीले राजकुमार ‘ह्यारी' लाई स्वागत गरेका हुन् । नेपाल–बेलायत कूटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्ष पूरा भएको अवसरमा बेलायती महारानीको प्रतिनिधिका रूपमा पाँचदिने औपचारिक भ्रमणमा ‘ह्यारी' नेपाल आएका हुन् ।
भेटका क्रममा प्रधानसेनापति क्षेत्रीले नेपाली सेनाका तर्फबाट सम्झनास्वरूप उपहारसमेत दिएका थिए । जबाफमा राजकुमार ‘ह्यारी' ले आफ्नो भ्रमणको क्रममा नेपाली सेनाले पुर्याएको सहयोगका लागि धन्यवाद दिएको सैनिक जनसम्पर्क दिर्नेशनालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । राजकुमार ‘ह्यारी' र प्रधानसेनापति क्षेत्रीबीचको भेटघाटले द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्ध अझ प्रगाढ हुने नेपाली सेनाले जनाएको छ ।
यसअघि मंगलबार बिहान ११ बजे लमजुङबाट पोखरा पुगेका राजकुमार ह्यारीले पर्यटकीय नगरी पोखराको अवलोकन गरेका थिए । उनले त्यहाँस्थित ब्रिटिस क्याम्पमा पुगेर बेलायती सेनाका रेजिमेन्ट प्रमुखसँग भेटघाट गरेका थिए । राजकुमार ह्यारीले बेलायती सेनामा भर्ती हुँदा दिइने विभिन्न तालिम पनि अवलोकन गरेका थिए ।
अन्नपूर्ण पोस्ट्बाट


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved