Home » » खाँडीमुलमा श्रम बेच्चु नपर्ने : गृहमन्त्री

खाँडीमुलमा श्रम बेच्चु नपर्ने : गृहमन्त्री


काठमाडौँ, नेपाल सरकारका गृहमन्त्री तथा एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेतले नयाँ संविधानको सही कार्यान्वयन भए अब नेपालीहरुले खाँडीमूलमा गएर श्रम बेच्नु नपर्ने बताए ।
बन्द कोठामा नेपालको संविधान धेरै पटक बनेको भए पनि ती संविधानहरुमा नेपाली जनताले अपनत्व लिन नसकेको भन्दै यो नयाँ संविधानले नेपाली जनताको संविधानसभाबाट आफूैले चुनेको प्रतिनिधि मार्फत संविधान निर्माण गर्ने २००७ सालदेखिको आंकांक्षलाई पूरा गरेको बताए ।
नयाँ संविधानले गाँस, बास, स्वास्थ्य, शिक्षा, रोजगार र सुरक्षालाई मौलिक हकको रुपमा व्यवस्था गर्ने लगायतका थुप्रै कुराहरु जनताको पक्षमा लेखिएको उल्लेद गर्दै संविधान कार्यान्वय अहिलेको मुख्य चुनौती भएको पनि गृहमन्त्री बस्नेतले बताए ।
वाइसीएल नेपाल रामेछापको तेश्रो र अखिल क्रान्तिकारी रामेछापको १६ औं जिल्ला सम्मेलनको उद्घाटन समारोहलाई संवोधन गर्दै गृहमन्त्री बस्नेतले यस्तो बताएका हुन् । नयाँ संविधानले जनतामा निहित सार्वभौम सत्ता र मूलुकको भौगोलिक अखण्डता बाहेक, संविधानले व्यवस्था गरेको सबै कुराहरु जनमतबाट संसोधन गर्न सकिने व्यवस्था संविधानले गरेको भन्दै विश्वका लोकतान्त्रिक संविधानहरु मध्ये नेपालको नयाँ संविधान उत्कृष्ट रहेको गृहमन्त्री बस्नेतको भनाई थियो ।
जनजीविकाको न्यूनत आवश्यकताहरुलाई संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेकाले अब जनताको छोराछोरीले पढ्नबाट बञ्चित हुनुपर्ने, भोकभोकै मर्नुपर्ने र औषधि खान नपाएर ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य हुने गृहमन्त्री बस्नेतले बताए । जनजीविकाको आधारभूत आश्यकताबाट बञ्चित भएमा अदालतमा मुद्दा हाल्न सक्ने र जनजीविकाको आधाभूत आवश्यकता पूर्ति गर्ने दायित्व सरकारको हुने बस्नेतको भनाई थियो । नयाँ संविधानले व्यवस्था गरेको वैज्ञानिक भूमिसुधार, जनताको मौलिक अधिकारको विषय लोकतान्त्रि भनिने पार्टीहरुकै लागि पनि टाउको दुःखाइको विषय बनेको भन्दै त्यसको कार्यान्वयनको कार्यभार एकीकृत माओवादीको भएको पनि उनले बताए । News24Nepal.com बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved