Home » » जोगवनी रेलवे स्टेशनबाट सात नेपाली महिलाको उद्धार

जोगवनी रेलवे स्टेशनबाट सात नेपाली महिलाको उद्धार


विराटनगर, चैत १ । मोरङ प्रहरीले सात जना नेपाली महिलालाई जोगवनी रेलवे स्टेसनबाट उद्धार गरेको छ ।
प्रहरी निरीक्षक पौडेलका अनुसार भारतको नयाँ दिल्ली हुँदै खाडीमुलुक लैजान लागिएका सात जना महिलालाई उद्धार गरिएको हो ।
चितवन, सङ्खुवासभा, उदयपुर र सुनसरी घर भएका महिलाको उद्धार
गरिएको हो । दिल्लीको बाटो हुँदै खाडीमुलुकतर्फ महिलालाई लगिँदै गरेको विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले रेल चढ्न लाग्दा गएराति १२ बजे उद्धार गरेर ल्याएको हो ।
उद्धार गरिएका महिला २१ देखि ३७ वर्ष उमेर समूहका रहेका छन् ।
Imagekhabar बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved