Home » » कांग्रेसको बन्दसत्रमा संघीय प्रतिनिधित्व गर्न बाधा अड्काउ फुकाउने एकमात्र प्रस्ताव पारित

कांग्रेसको बन्दसत्रमा संघीय प्रतिनिधित्व गर्न बाधा अड्काउ फुकाउने एकमात्र प्रस्ताव पारित


२१ फागुन
कांग्रेसको विधान अनुसार केन्द्रीय समिति बैठकले विधान संशोधन गर्न सक्दैन। विधान संशोधनका लागि महासमिति बैठक आवश्यक हुन्छ। तर महासमिति बैठक अघि नै महाधिवेशनबाट प्रदेशलाई प्रतिनिधित्व गराएर केन्द्रीय सदस्य निर्वाचित गर्न महाधिवेशनबाट बाधा अड्काउ फुकाउने प्रस्ताव पारित गरेको हो।
सम्बन्धित
अंकगणितमा कांग्रेस महाधिवेशन : कसरी गठन हुन्छ कांग्रेस केन्द्रीय कार्यसमिति?
कति पैसा जम्मा गर्यो कांग्रेसले मनोनयन दर्ताबाट?
कांग्रेसमा खुल्ला तर्फ भिड्ने २ मात्र महिला को हुन्?
कांग्रेस महाधिवेशन : भोटदेखि भिख माग्नेसम्म एकै ठाउँ ! थरीथरीका व्यापार
कांग्रेसको मेसमा के के पाक्छ?
नेता चकटीमा, प्रतिनिधि कुर्सीमा : यसरी बस्यो कांग्रेस महाधिवेशनको बन्दसत्र
कांग्रेस महाधिवेशन स्थलमा सुविधासम्पन्न मिडिया सेन्टर
कांग्रेस महाधिवेशन बन्द सत्र : प्रतिवेदनमात्र प्रस्तुत, छलफल भोलिदेखि, निर्वाचन आइतबार
रमेश वाग्ले/पहिलोपोस्ट -
काठमाडौँ : संविधान जारी भएपछि पहिलो पटक संसदको सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसको १३औं महाधिवेशन जारी छ। बिहीबार उद्घाटन भएको महाधिवेशनको आजबाट सुरु भएको बन्दसत्रले विधानको बाधा अड्काउ फुकाउने एउटा मात्र प्रस्ताव पारित गरेको छ।
यो अधिवेशनबाट कांग्रेसले देशको संविधानलाई सम्बोधन गर्ने नयाँ नीति तथा कार्यक्रम पारित गर्ने अपेक्षा गरिएको थियो। बिहीबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीदेखि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र अन्य दलका नेताहरुले पनि यही अपेक्षा रहेको अभिव्यक्ति राखेका थिए।
त्यही भावनासँग मेल खानेगरी कांग्रेसले प्रदेशबाट केन्द्रीय सदस्य निर्वाचित हुने गरी विगतको अञ्चलको प्रावधान खारेज गर्न बाधा अड्काउ फुकाउ प्रस्ताव गरेको हो। कांग्रेसको विद्यमान विधानमा प्रत्येक अञ्चलबाट एक एक जनाका दरले केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था थियो।
तर संविधानले अञ्चलको प्रशासनिक संरचना खारेज गर्दै प्रादेशिक संरचनाको व्यवस्था गरेपछि त्यसैलाई सम्बोधन गर्न कांग्रेस केन्द्रीय समितिको फागुन १७ गते बसेको बैठकले विधानको बाधा अड्काउ फुकाउ व्यवस्थाको सहयोगमा अञ्चलबाट एक-एक जना निर्वाचित हुने व्यवस्था संशोधन गर्दै प्रदेशबाट दुई दुई जना निर्वाचित हुने व्यवस्था राखेको थियो।
कांग्रेसको विधान अनुसार केन्द्रीय समिति बैठकले विधान संशोधन गर्न सक्दैन। विधान संशोधनका लागि महासमिति बैठक आवश्यक हुन्छ। तर महासमिति बैठक अघि नै महाधिवेशनबाट प्रदेशलाई प्रतिनिधित्व गराएर केन्द्रीय सदस्य निर्वाचित गर्न महाधिवेशनबाट बाधा अड्काउ फुकाउने प्रस्ताव पारित गरेको हो।
अब कांग्रेसले संविधानमा व्यवस्था भएको प्रदेशको सीमाङ्कनका विषयमा विवाद रहे पनि यही प्रदेशका आधारमा केन्द्रीय समितिमा प्रतिनिधित्वको सुरुवात गरेको छ।
आइतबार हुने चुनावबाट सात वटै प्रदेशको प्रतिनिधित्व गर्ने गरी कांग्रेसका दुई दुई जना केन्द्रीय सदस्य निर्वाचित गर्नेछ। कांग्रेसले दुई जना केन्द्रीय सदस्य निर्वाचित गरेर प्रादेशिक संरचना स्वीकार गरेपनि प्रदेश र केन्द्रको संरचना र प्रादेशिक संरचनाबारे कुनै निर्णय गरेको छैन। पहिलोपोस्टबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved