Home » » एटिएमबाट भारु सटही गर्ने साह पक्रउ

एटिएमबाट भारु सटही गर्ने साह पक्रउ


२१ फागु
लहान-नेपालको बैंकमा रकम जम्मा गरेर सिमावर्ती भारतीय वैंकबाट एटिएम मार्फत भारु सटही गर्ने एकजनालाई लहान प्रहरीले नगद सहित पक्राउ गरेको छ। सिरहा भगवानपुर ९ जमुवाटोलका मनोज कुमार साहलाई (३३) लाई तीन लाख ८० हजार छ सय पच्चिस नेपाली रुपैंयाँ र सात हजार भारु सहित पक्राउ गरिएको लहान प्रहरी प्रमुख(डिएसपि) उमा प्रसाद चतुर्वेदीले जानकारी दि
साहको साथबाट बैंक अफ काठमाडौंका छ वटा र एनएमबि बैंकको तीन वटा सहित नौं वटा एटिएम कार्ड बरामद भएको चतुर्वेदीले जानकारी दिए । एनएमबि बैंकको तीन थान चेक बुक र माथि उल्लेखित बैंकको क्यास डिपोजिट रसिद पाँच थान( बैंकमा जम्मा गरेको रकम दुई लाख एक हजार छ सय) समेत बरामद भएको उनले बताए।
साहले उता बैंकमा आफ्ना बुवा, भाइ, पत्नी, जेठानको पत्नी, सालाको छोरी र ससुराको नाममा खाता खोली दैनिक रुपमा डेढ देखि दुई लाख रकम जम्मा गरी भारतीय सिमावर्ती बैंकबाट दैनिक ९० हजार भारतीय रुपैंया झिक्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको चतुर्वेदीले बताए।
भारतीय रुपैंया झिकेर साहले पाँच देखि दश रुपैंया सैयकडा बट्टामा लिएर नेपाली रुपैंया साट्ने गरेको प्रहरी समक्ष स्विकार गरेका छन्। साहसँगै अन्य व्याक्तिहरु समेत भारु सटहीको कारोबारमा संलग्न रहेको प्रहरीको अनुमान छ। अन्य व्याक्ति र गिरोहबारे अनुसन्धान भैरहेको डिएसपि चतुर्वेदीले बताए।
मधेस आन्दोलनका बेला नेपाली रुपैयाँको भारतीय बजारमा बिगविगी बढेपछि भारु सटही धन्दा गर्ने गिरोहरु सक्रिय भएका थिए। ति गिरोहरु अहिलेसम्म पनि सक्रिय भईरहेको पाइएपछि लहान प्रहरीले सिमावर्ती क्षेत्रमा निगरानी बढाएको छ।Nagarik news बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved