Home » » जेलबाट रिहा भएका संजयको हातमा ३ फिल्म

जेलबाट रिहा भएका संजयको हातमा ३ फिल्म


सन् १९९३ को मुम्बई बम धमाकाका आरोपीसँग हतियार लिएको अभियोगमा जेल सजाय काटेर हालै हिरासत मुक्त भएका संजय दत्तले ३ फिल्म खेल्ने पक्का भएको छ। संजयले खेल्ने तीन फिल्ममा १ उनी अभिनित फिल्मको रिमेक हो भने अर्को हलिउड फिल्मको रिमेक हो। संजय सन् १९९१ मा आफू अभिनित 'सडक'का लागि अनुबन्धित भएका छन्।
फिल्ममा उनी खलनायकको भूमिकामा हुनेछन्। त्यसैगरी उनले खेल्ने तय भएको अर्को फिल्म हलिउडको ' द इक्वलाइजर'को हिन्दी रिमेक हो। त्यसैगरी उनले विधुविनोद चोपडाले लेखेको 'मार्को दादा' खेल्ने पनि पक्कापक्की भइसकेको छ। संजयको हातमा यसरी एकपछि अर्को गरी फिल्म पर्नुलाई धेरै संजयको स्टारडममा कुनै कमी नआएको बुझ्न सकिन्छ।
Setopati बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved