काठमाडौं, फागुन २६ । एसियाली मुलुकको साझा क्षेत्रीय मन्च एसिया कोअपरेसन डाइलग (एसीडी)को १४औं मन्त्रिस्तरीय बैठकमा भाग लिन उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापा बुधबार थाइल्यान्डको राजधानी बैंककतर्फ प्रस्थान गरे ।
एसीडीका अध्यक्ष एवं थाइल्यान्डका विदेशमन्त्री डन प्रामुड्युनेइको निमन्त्रणामा उपप्रधानमन्त्री थापा उक्त बैठकमा भाग लिन
त्यसतर्फ प्रस्थान गरेका हुन् ।
परराष्ट्रमन्त्री थापाले एसीडी अतिथि अध्यक्षकारुपमा बैठकलाई बिहीबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बुधबार र बिहीबार हुने उक्त बैठकले नेपालको सदस्यता अनुमोदन गर्ने प्रायः निश्चित भएको छ ।
बैठकले नेपालको सदस्यता अनुमोदन गरेमा नेपाल एसीडीको ३३औं सदस्य हुनेछ ।
सहयोगका सबै क्षेत्रमा एसियाली मुलुकबीच पारस्परिक निर्भरता प्रवद्र्धन गर्ने प्रमुख उद्देश्यले १४ वर्षअघि एसीडी थाइल्यान्डमा स्थापना भएको हो ।
एसियाली मुलुकमा व्यापार तथा वित्त बजार विस्तार, विश्व बजारमा एसियाको आर्थिक प्रतिस्पर्धात्मकता बृद्धि गर्दै एसिया महादेशलाई एसियाली समुदायमा रुपान्तरण गर्नु एसीडीको अर्को उद्देश्य हो । हाल उक्त क्षेत्रीय मन्चमा एसियाका ३३ मुलुक सदस्य छन् ।
एसीडी बैठकमा मन्त्री थापाकासाथ परराष्ट्र मन्त्रालयका सहसचिव मणि भट्टराई, थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारी, उक्त दूतावासका नियोग उपप्रमुख जंगबहादुर गुरुङ र परराष्ट्र मन्त्रालयका उपसचिवद्वय भरतकुमार रेग्मी र द्रुपदा सापकोटाले भाग लिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उपप्रधानमन्त्री थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, शिष्टाचार महापाल रमेश खनाल, सहसचिवद्वय ताराप्रसाद पोखरेल र दुर्गाबहादुर क्षेत्रीले बिदाइ गरे ।
उपप्रधानमन्त्री थापा सोही दिन बैंककबाट नयाँदिल्ली प्रस्थान गर्नेछन् ।
‘आर्ट अफ लिभिङ इन्टरनेसन’ल सेन्टरले त्यहाँ आयोजना गर्ने विश्व सांस्कृतिक महोत्सवमा सम्मानित अतिथिकारुपमा उनले भाग लिने कार्यक्रम छ ।
मन्त्रालयका अनुसार उपप्रधानमन्त्री थापा शनिबार स्वदेश फर्कनेछन् ।
Imagekhabar बाट
Home »
international news
» उपप्रधानमन्त्री थापा बैंकक प्रस्थान
उपप्रधानमन्त्री थापा बैंकक प्रस्थान
Posted by Unknown
Posted on 1:26 AM
with No comments
Labels:
international news
0 comments:
Post a Comment