Home » » फर्कंदै बिराज

फर्कंदै बिराज


काठमाडौं– नेपाली फिल्म खेल्दाखेल्दै भोजपुरी फिल्ममा व्यस्त बनेका अभिनेता बिराज भट्ट अन्ततः नेपाली फिल्ममा फर्किएका छन्। निखिल उप्रेतीझैं बिराज पनि पाँच वर्षपछि नेपाली फिल्ममा फर्कन लागेका हुन्।
उनको अभिनय रहने फिल्म 'पर्शुराम'को आइतबार राजधानीको दरबारमार्गस्थित उडल्यान्ड होटलमा औपचारिक घोषणा गरियो। उनले आइन्दा भोजपरीझैं नेपाली फिल्ममा पनि बराबर समय दिने जानकारी गराए।
'बीचमा पूर्णतः भोजपुरी फिल्ममै व्यस्त थिएँ । तर भोजपुरीमा मैले गरेका धेरै फिल्म डबिङ गरेर यहाँ चलाएको कुरासँग अवगत छु । अब नेपालमा पनि वर्षको दुईतीन फिल्ममा अभिनय गर्छु,' बिराजले भने।
फिल्ममा निशा अधिकारीले बिराजको प्रेमिकाको रुपमा अभिनय गर्नेछिन् । 'नैना रेशम'मा सँगै अभिनय गरेको जोडी दोस्रोपटक दोहोरिन लागेको हो । निशाले 'नैना रेशम' दोस्रो फिल्ममात्र भएकाले अनुभवको कमी भए पनि यसमा बिराजलाई टक्कर दिने विश्वास व्यक्त गरिन्।
अभिनयमा निर्माता हुँदै नायक बनेका रोज राणाले फिल्मको निर्देशन गर्न लागेका हुन् । यसअघि ६ वटा फिल्म निर्माण गरेका रोजले यही फिल्ममार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन् । फिल्ममा मिलन श्रेष्ठको लगानी रहनेछ । मौनता श्रेष्ठले लेखेको पटकथालाई रामेश्वर कार्कीले खिच्नेछन् । फिल्ममा महेश खड्काको संगीत, एनबी महर्जनको द्वन्द्व र वसन्त श्रेष्ठ र रामजी लामिछानेको नृत्य निर्देशन रहनेछ।
फिल्ममा रविन तामाङ, देशभक्त खनाल, ध्रुव कोइराला, सुन्दर श्रेष्ठको पनि अभिनय रहनेछ । सोमबारदेखि सुटिङ हुने फिल्ममा घोडाको पनि अभिनय रहने कार्यक्रममा जानकारी गराइयो।
Nagarik NewS बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved