Home » » अष्ट्रेलियामा नेपाली हजुरआमा बेपत्ता

अष्ट्रेलियामा नेपाली हजुरआमा बेपत्ता


मेलवर्न । अष्ट्रेलियाको मेलवर्नमा एक नेपाली हजुरआमा बेपत्ता भएकी छिन् । आफन्त भेटन एक सातापहिले मात्र नेपालबाट आएकी जमुना नायक आइतबार साँझदेखि बेपत्ता भएको भिक्टोरिया प्रहरीले जनाएको छ ।
७१ वर्षीयी हजुरआमा आइतबार साँझ साढे ६ बजेतिर ग्लेनोरीस्थित हिल्दा स्ट्रिटमा देखिएकी थिइन् । अंग्रेजी भाषा पटक्कै नजान्ने उनलाई कुराकानीसमेत अप्ठेरो हुँदा हराएको हुनसक्ने प्रहरीले जनाएको मेलवर्नबाट प्रकाशित द एज पत्रिकाले जनाएको छ ।
पिंक कलरको श्वेटर र रंगीचंगी गुन्यु लगाएकी जमुनाको खोजीमा सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ । बिरामीका कारण उनी नियमित औषधि सेवन गर्नुपर्ने अबस्थामा थिइन ।
अनलाइनखबरबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved