Home » » सेल्फीका लागि जनावरलाई सास्ती

सेल्फीका लागि जनावरलाई सास्ती


मेसेडोनिया– सेल्फी खिच्दा होस पुर्याउनु पर्नेमा सेल्फीवालाहरूले बेहोसीमा नयाँ–नयाँ बदमासी गर्न थालेका छन्। सेल्फी खिच्दा कोही पानीमा डुबेर बेपत्ता भएका छन् भने कोही घरकै छतबाट खसेका छन्।
मेसेडोनियामा चाहिँ एक जना पर्यटकले सेल्फी खिच्न भनेर तलाउमा आनन्दले बसिरहेको एउटा राजहंशलाई घाँटीमा तानेर घिच्याउँदै ल्याएर तस्बिर खिच्दा गम्भीर बिरामी भएको समाचारमा जनाइएको छ ।
युरोपको अल्बानिया देशमा रहेको सबैभन्दा गहिरो र चौडा तलाउका रुपमा चिनिने मेसेडोनियामा घुम्न आएकी एक पर्यटकले मस्तले बसिरहेको राजहंशलाई घिच्याउँदै तलाउ किनारमा ल्याएर तस्बिर खिचेकी थिइन् ।
तस्बिर खिचेपछि मर्नु न बाँच्नुको दोसाँधमा रहेको राजहंशलाई कुनै उपचार नगराई तलाउ किनारमा नै फ्याँकिदिएको मेसेडोनिया अनलाइन समाचारमा जनाइएको छ ।
त्यसयता राजहंश हल न चल भएर पल्टिरहेको घटना देख्नेहरूले जनाएका छन् ।
यसअघि पनि अर्जेन्टिनामा समुद्रमा खेलिरहेको सानो डल्फिनलाई पर्यटकहरूले घिच्याउँदै किनारामा ल्याएर सेल्फी खिच्दा त्यसको ज्यान गएको थियो । यद्यपि आफूहरूले घिच्याएर तस्बिर नखिचेको दाबी आरोपीहरूले गरेका थिए ।
चीनमा पनि उत्साहित हुँदै चिडियाघर पुगेका युवाहरूले मयूरलाई तानेर तस्बिर खिच्न खोज्दा त्यसको शरीरबाट सुन्दर प्वाँखहरू उखेलिएपछि मयूर बेहोस भएर ढलेको समाचारमा जनाइएको छ । घटनापछि चिडिया प्रशासनले पर्यटकहरूलाई कारवाही गरेको थियो।
Nagarik News बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved