Home » » एसिड प्रहारबाट घाइते महिलाको कानको अप्रेसन गर्नु पर्ने

एसिड प्रहारबाट घाइते महिलाको कानको अप्रेसन गर्नु पर्ने


नेपालगन्ज, फागुन २८ - एसिड प्रहारबाट बिहिबार राती घाइते भएकी दाङको घोराही नगरपालिका २ गुलरियाकी रिता चौधरीको कानको अप्रेसन गर्नुपर्ने भएको छ ।
अप्रेसनका लागि रितालाई शिक्षण अस्पताल कोहलपुरबाट शुक्रबार बेलुका नेपालगन्जमा ल्याइएको छ । किराना पसल गर्दै आएकी चौधरीलाई दुई जना अपरिचित युवाले बिहीबार बेलुकी एसिड छ्यापेको परिवारले जनाएको छ । चुरोट किन्न भन्दै आएका दुईजनाले एसिड प्रहार गरेर भागेको परिवारले जनाएको छ । घाईते रिताले अस्पतालमा दिएको जानकारी अनुसार पसलमा बसिरहेको बेला मोटरसाइकलमा आएका दुई युवाले एसिड प्रहार गरि भागेका थिए ।
रिताको अप्रेसनको शुल्क अग्नी हिंसा पीडित नेपाल नामक संस्थाले ब्यहोरेको संस्थाका प्रतिनिधि सुरेन्द्र कार्कीले जानकारी दिनुभयो । २५ वर्षे रिताका श्रीमान रोजगारीको सिलसिलामा भारतको गुजरातमा रहनुभएको छ । रिताका १२ वर्षे छोरा छन् ।
Ujyaaloonline बाट


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved