Home » » मधेसका कारण नेपाल नै नरहने खतरा बढेको उपप्रधानमन्त्री रावलको चेतावनी

मधेसका कारण नेपाल नै नरहने खतरा बढेको उपप्रधानमन्त्री रावलको चेतावनी

फागुन, २८ अछाम । उपप्रधान एवम रक्षामन्त्री भिम रावलले युवा पक्तिले नै समाज र देशलाई उज्यालो तर्फ अघि बढ्न प्रेरित गर्ने बताउनुभएको छ ।
युवा संघ नेपालको जिल्ला भेलालाई मंगलसेनमा सम्वोधन गर्दै उपप्रधानमन्त्री रावलले समाजको उन्नति, प्रगति र स्वाभिमानका लागि युवाको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
‘न्यायप्रेमी युवा युवा संघमा सामाजिक परिवर्तन युवाको काँधमा’ भन्ने मुल नाराका साथ सुरु भएको युवा संघको भेलालाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष समेत रहेका रावलले सबै जातजाति र समुदायको बिचमा मेलमिलाप हुन सकेन भने यो नेपाल नै नरहने खतरा रहेको भन्दै तराई पहाड हिमाल सहितको नेपालको संघीय संरचना नै उत्तम रहेको भनाई राख्नुभयो ।
९० प्रतिशत जनप्रतिनिधिबाट बनेको नेपालको संविधान २०७२ मदेशका ९१ सांसदले समेत हस्ताक्षर गरेको र संविधान कसरी मधेशको विपरित भयो ? यो बुझ्न जरुरी रहेको बताउनुभयो ।
नेपाली जनताहरुका पहिले पनि झुक्न नजानेको र कहिल्यै पनि नझुक्ने भन्दै भारतले लगाएको अघोषित नाकाबन्दी अघोषितरुपमै समाप्त भएर जाने समेत ठोकुवा गर्नुभयो ।
– दैनिक नेपाल डट कमबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved