Home » » फाइभस्टार छाडेर स्थानीयको घरमा बस्दै बेलायती राजकुमार ह्यारी

फाइभस्टार छाडेर स्थानीयको घरमा बस्दै बेलायती राजकुमार ह्यारी


काठमाडौँ, नेपाल भ्रमणमा आउन लागेका बेलायती राजकुमार ह्यारी फाइभ स्टार होटल छाडेर स्थानीयको घरमा बस्ने भएका छन् । ३१ वर्षीय राजकुमार पोखरा भ्रमणको दौरान स्थानीयको घरमा बस्ने भएका हुन् ।
मार्च १९ देखि २३ सम्म नेपाल रहने ह्यारी यस क्रममा पोखरामा रहेको गोर्खा सैनिकहरुको क्याम्प जानेछन् । उनी त्यहाँ गोर्खा परिवारसँगै बस्ने ह्यारीका प्रवक्ताले बताएका छन् ।
अफगानिस्तानमा गोर्खा सैनिकसँगै काम गर्दा प्रभावित बनेका ह्यारी गोर्खा सैनिकहरुलाई नजिकबाट बुझ्नका लागि होटल नभएर गोर्खा सैनिक परिवारसँगै बस्न लागेको बताइएको छ ।
नेपाल भ्रमणका क्रममा राजनीतिक भेटघाट बाहेक उनले ट्रेकिङ देखि खौराहा खोलामा र्याफ्टीङदेखि बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण गर्नेछन् ।
News24Nepal.com बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved