Home » » सरकारको जग कमजोर छ, आफैं ढल्छ : देउवा

सरकारको जग कमजोर छ, आफैं ढल्छ : देउवा


काठमाडौं, फागुन २८ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आफ्नो दल सरकार ढाल्ने चलखेलमा नलाग्ने बताएका छन् ।
बुढानिलकण्ठस्थित निवासमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै नवनिर्वाचित सभापति देउवाले सरकार ढाल्न आफ्नो दलले कुनै चलखेल नगर्ने प्रष्ट पारे । उनले कांग्रेस प्रतिपक्षमै बस्ने बताए । उनले वर्तमान
सरकार कमजोर जगमा बनेकाले आफैं ढल्ने पनि देउवाले जनाए ।
उनले सरकारले गलत काम गरे आफूहरु टुलुटुलु हेरेर नबस्ने चेतावनी पनि दिए । आफ्नो पहिलो प्राथमिकता पार्टीलाई व्यवस्थित बनाउन हुने भन्दै उनले आन्तरिक मामिलालाई व्यवस्थित गरेर अघि बढ्ने र लोकतन्त्रलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे ।
अर्को एक प्रसंगमा सभापति देउवाले प्रधानमन्त्रीले गर्ने भनिएको चीन भ्रमणका विषयमा आफूसँग कुनै छलफल नगरेको बताए । उनले छिमेकी मुलुकहरुसँग राम्रो सम्बन्ध कायम गर्न सरकारलाई सुझाव दिए ।
Imagekhabar बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved