२८ फागुन, काठमाडौं । फेसबुकमा आत्महत्या गर्न लागेको सूचना लेखेका एक युवकलाई प्रहरीले तत्कालै उद्धार गरी जीबन रक्षा गर्न सफल भएको छ । महानगरीय अपराध महाशाखाका प्रहरी निरीक्षक पशुपतिकुमार रायको कमाण्डमा खटिएको टोलीले स्नातक तह अध्ययनरत झापाका युवालाई उद्धार गरेको हो ।
प्रहरीले सम्झाइ बुझाइ गरेपछि ति युवकले अबदेखि यस्तो काम नगर्ने प्रतिबद्धता समेत जनाएको महानगरीय प्रहरीले जनाएको छ । प्रहरीले ति युवकको परिचय गोप्य राखेको छ ।
कसरी भयो उद्धार ?
यही फागुन २७ गते बिहीबार एक युवकले आत्महत्या नोट लेखी आफ्नो फेसबुकमा पोष्ट गरे । फेसबुक आयरल्याण्डले उक्त पोष्ट पश्चातको प्रोफाईल अध्ययन गर्दा एक्टिभिटि शून्य पाएकाले तत्काल गएराति १२ बजेर २३ मिनेटमा नेपाल प्रहरीलाई ईमर्जेन्सी एलर्ट गराई ज्यान रक्षाको लागि अनुरोध गर्यो ।
दक्षिण एसियाका फेसबुक प्रयोगकर्ताको अनुगमन आयरल्याण्डबाट हुने गर्दछ ।
आयरल्याण्डबाट म्यासेज प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाका प्रहरी निरीक्षक पशुपतिकुमार रायको कमाण्डमा खटिएको प्रहरी टोलीले ईमर्जेन्सी रेस्पोन्स गरी तत्काल अनुसन्धान शुरु गर्यो ।
अनुसन्धानबाट आत्महत्या गर्न लागेको युवक जिल्ला झापा बस्ने र बिएमा अध्ययनरत रहेको पत्ता लाग्यो । उनलाई आवश्यक काउन्सिलिङ समेत प्रदान गरी दुर्घटना हुनबाट जोगाउन नेपाल प्रहरी सफल भयो ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार सामान्य अवस्थामा आएपछि ति युवकले नेपाल प्रहरीको तदारुकता माथी आश्चर्य व्यक्त गर्दै धन्यवादसमेत दिए र अबदेखि यस्तो कार्य नगर्ने प्रतिबद्धतासमेत जनाए ।
प्रहरीले अभिभावकहरुलाई आफ्ना किशोर किशोरी छोरा-छोरीहरुको क्रियाकलाप माथी विषेश अभिरुची राखी सम्भावित खतराबाट जोगिन, आवश्यक सल्लाह, सुझाव र निगरानी राख्न अनुरोधसमेत गरेको छ ।
अनलाइनखबरबाट
फेसबुकमा स्टाटस लेखेर आत्महत्या गर्न लागेका युवकलाई प्रहरीले जोगायो
Posted by Unknown
Posted on 11:09 PM
with No comments
Labels:
news
0 comments:
Post a Comment