Home » » भुक्ने कुकुरलाई ढुङ्गा हान्दा गन्तव्य पुगिँदैनः बाबुराम

भुक्ने कुकुरलाई ढुङ्गा हान्दा गन्तव्य पुगिँदैनः बाबुराम


नुवाकोट– नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफूहरुको अभियान कसैको आलोचनाले नरोकिने बताएका छन्। नुवाकोटको विदुरमा नयाँ शक्ति अभियान नुवाकोटले गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।
'गन्तव्यमा पुग्नु छ, तर बाटोमा कुकुर भुक्यो भनेर ढुङ्गा हान्न थालियो भने बाटोमै अलमल हुन्छ, गन्तव्य पुगिँदैन,' उनले भने, 'कसैको आलोचनाको प्रतिवाद नगरी गन्तव्यमा पुग्नु पर्छ। अहिले पूर्व माओवादी साथीहरुले आलोचना गरिरहेका छन् भनेर म आलोचना गर्ने चाहन्न। उनीहरुले जे बुझेका छन् त्यही भन्ने हो । स्वस्थ्य बिचार भएकाहरु आलोचना गर्न समय बर्बाद गर्दैनन्। अगाडी बढ्छन्।'
'माक्र्सबादलाई पूजा पनि गर्दैनौं र त्यसलाई कर्ममाण्ड बनाएर पनि बस्दैनौ र भत्र्सना पनि गर्दैनौं,' उनले भने, 'भौतिक बिज्ञानको जगमा टेकेर हामी अगाडी बढ्छौं।' माक्र्सबाद र माओवादको जनै जिन्दगीभर लगाइएकोले यसलाई छोड्नका लागि साथीहरुलाई बडा गाह्रो हुन्छ।,' अब माक्र्सबाद र माओवादी भन्नुभन्दा पनि गुदी कुरा समाउनु पर्ने उनले बताए। 'गुदि कुरा भनेको भौतिकबाद र द्धन्द्धबाद हो त्यसलाई समाउनु ठुलो कुरा हो,' उनले भने। आफ्नै परिस्थिती सुहाउँदो बिचार र बादको आफूहरुले निर्माण गर्ने उनले बताए।
'२५ सय वर्ष पहिले गौतम बुद्धले नयाँ बिचार दिएका थिए,' भट्टराईले भने, 'आजको २१ औं शताब्दीमा नयाँ ज्ञान र बिज्ञान सुहाउँदो नयाँ बिचारको बिकास हुनु जरुरी छ।' 'न्युटनको बिज्ञानपछि आईन्स्टाईनले न्युटनको बिज्ञानभन्दा अगाडी जानु प¥यो भनेर गुरुत्वाकोषर्णमा तरङ्ग हुन्छ भन्ने कुरा १ सय वर्षपछि पत्ता लाग्यो अहिले सो प्रमाणित भएको छ,' उनले भने, 'आईन्सटाईनले न्युटनको बिज्ञान अपुरो भयो भनेर अगाडी बढे जस्तै हामीले पनि माओवादभन्दा माथि उठेर अगाडी बढ्न खोजेका हौं।' Nagarik News बाट


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved