२५ फागुन, काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादवले ललितपुर बागडोलस्थित भाडाको घरबाट अन्तै सारिदिन सरकारलाई आग्रह गरेका छन् ।
चार महिनासम्म सरकारले भाडा नदिएपछि घरबेटीले समेत ताकेता गरेपछि पूर्वराष्ट्रपतिले अन्यत्रै सारिदिन भनेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गुनासो सुन्न पठाएका स्वकीय सचिव ईन्ऽ भण्डारीसहितको टोलीलाई पूर्वराष्ट्रपति कहाँ पठाएका गिए ।
यादवले उक्त घरमा बस्दा भोग्नु परेको समस्यहरु सुनाएका छन् र अन्तै स्थायी आवासको व्यवस्था गर्न आग्रह गरेका छन् ।प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले अनलाइनखबरसँग भने, ‘उहाँले केही समस्याअरु राख्नु भो र स्थायी रुपमा अरुतिरै सारिदिन आग्रह गर्नु भो ।’
पूर्वराष्ट्रपतिको स्वकीय सचिवालयले सरकारलाई घरमा भएको समस्याबारे जानकारी पठाएको छ । जसमा अग्लो पर्खाल नभएको, विजुलीको उचित व्यवस्था नभएको, सुरक्षाकर्मीर्हरुलाई बस्ने राम्रो आवास नभएको र घरमाथि हाइटेन्सन लाइन भएको जानकारी गराएका छन् ।
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति राष्ट्रपति यादवको कार्यकाल सकिएपछि सरकारले गत कात्तिकमा अस्थायी रुपमा घर भाडामा लिएको थियो । तर, घरबेटी रविभक्त विष्टले चार महिना पूरा हुँदासम्म भाडा नपाएको भन्दै पूर्वराष्ट्रपतिलाई अन्यत्रै सारिदिन सरकारसमक्ष लिखित निवेदन दिएका थिए ।
अनलाइनखबरबाट
पूर्व राष्ट्रपतिले भने-भाडाको घरमा धेरै समस्या भो, अन्तै सारिदेऊ
Posted by Unknown
Posted on 8:48 AM
with No comments
Labels:
news
0 comments:
Post a Comment