वासिङ्गटन, सोमालियामा अल कायदासँग आवद्ध सेबाब लडाकू समूहको एक शिविरमा गत शनिबार भएको अमेरिकी हवाई आक्रमणमा १५० भन्दा बढी सो समूहका लडाकू मारिएका छन् ।
ती सेबाब लडाकूहरुले अमेरिकासँगआवद्ध र क्षेत्रीय सुरक्षाबललाई आक्रमण गर्ने योजना बनाइरहेका अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले सोमबार जानकारी दिएको छ ।
यद्यपि अमेरिकी सैनिकले सोमालियामा अल कायदासँग आवद्ध लडाकूविरुद्ध नियमित रुपमा हवाई आक्रमण गर्दै आएको छ ।
न्यु अमेरिकी फाउन्डेसनकाअनुसार यो पछिल्लो हवाई आक्रमणमा ११३ देखि १३६ लडाकू मारिएका छन् । पेन्टागनका प्रवक्ता क्याप्टेन जेफ डेभिस्का अनुसार गत शनिबार रासो शिविरमा मारिएका लडाकूहरुले विदेशी र क्षेत्रीय सुरक्षाबलाई लक्ष्यगरी भीषण आक्रमणको तयारी गरिरहेका थिए ।
मानवरहित सो विमान आक्रमण मोगादिसुबाट १२० किलोमिटर उत्तरमा भएको थियो । News24Nepal.com बाट
Home »
international news
» अमेरिकी हवाई आक्रमणमा १५० भन्दा बढीको मृत्यु
अमेरिकी हवाई आक्रमणमा १५० भन्दा बढीको मृत्यु
Posted by Unknown
Posted on 8:23 AM
with No comments
Labels:
international news
0 comments:
Post a Comment