Home » » वाइसिएलद्वारा ११ हजार लिटर डिजेल बरामद, प्रहरीलाई बुझाइयो

वाइसिएलद्वारा ११ हजार लिटर डिजेल बरामद, प्रहरीलाई बुझाइयो


फागुन २३
काठमाडौं – एमाओवादीको भातृ संगठन वाइसिएलले चितवनमा कालोबजारीका ल्याइरहेको ११ हजार लिटर डिजेल बरामद गरेको छ । नवलपरासीबाट ट्रकमा हालेर ल्याइरहेको अवैद्य डिजेललाई वाइसिएल चितवनले बरामद गरेको हो ।
वाइसिएल चितवनका इश्वर सापकोटा ‘सुमन’ ले दिएको जानकारी अनुसार नवलपरासीको त्रिवेणीबाट काठमाडौं जाँदै गरेको ना ४ ख ५५९४ नम्बरको ट्रक बाट ४६ वटा ड्रममा ११ हजार लिटर तेल बरामद गरिएको छ ।
कालोबजारीको तेल काठमाडौं लगिँदैछ भन्ने सूचनाको आधारमा ट्रकको खानतलासी गर्दा ठूलो परिणाममा तेल भेटिएको सुमनले जानकारी दिए । ‘हामीले ट्रकमा डिजेल लोड हुँदैछ भन्ने सूचना पाएपछि गाडी नम्बरलाई वाच गरिरहेका थियौं ।
उक्त ट्रकले कावासोतीमा चेकिङमा नगई छलेर आएको पायौं । भ्याट तिरेर ल्याएको भए त्यसो गर्न नपर्ने त्यही भएर हामीले नियन्त्रणमा लियौं,’ उनले भने ।
ट्रकलाई रामनगरबाट नियन्त्रणमा लिएर चितवन प्रहरीकहाँ बुझाइएको छ ।
नवलपरासीको अन्जान चौधरी भन्ने व्यक्ति यसमा संलग्न रहेको खुलेको छ । उनले साइकलबाट तेल ओसारेर कालोबजारी गर्ने गरेको प्रारम्भिक सूचना प्राप्त भएको सुमनले जानकारी दिए । ‘अन्जान चौधरी भन्ने व्यक्ति फरार छन् । हाल ड्राइभर र खलासी प्रहरी नियन्त्रणमा रहेको छ,’ उनले भने ।Ratopati बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved