Home » » कांग्रेस महाधिवेशन LIVE UPDATE नयाँ नेतृत्वका लागि मतदान जारी

कांग्रेस महाधिवेशन LIVE UPDATE नयाँ नेतृत्वका लागि मतदान जारी


फागुन २३
10;20 –प्रर्दशनीमार्गमा मतदातासँग देउवाले भोट मागिरहेका छन् ।
–केन्द्रीय सदस्यका उम्मेदवारको भिन्नै लाइनमा बसेर मतदातासँग मत मागेका छन् । फोन नभुल्लनुहोला ।
–कृष्ण सिटौलाले पनि प्रर्दशनी मार्गमा भोट माग्दै छन् ।
10;15 –राष्ट्रिय सभागृहभित्र पसेर भोट खसालेपछि मतदातालाई नेपाल पुलिस ब्लवको गेटबाट बाहिर पठाइन्छ
–मतदान प्रक्रिया शुरु हुन ढिला भएको छ । चार बजेसम्म मतदानको समय छ ।
एक जनालाई करिव १५–२० मिनेट मतदान गर्न समय लागेको छ
10;13 गगन थापाले पनि भोट हालेर बाहिर निस्किए
10;10 रामचन्द्र पौडेलले भोट खसाले
10;08 देशको सवैभन्दा ठूलो र पुरानो पार्टीको महाधिवेशनमा एजेन्डा ओझेलमा छन् । शुरु देखि नै भावी नेतृत्वको विषयमा गरमागरम बहस भएको छ । केही महाधिवेशन प्रतिनीधिले यसलाई उचित मानेका छैनन् ।
10;05 शुरु देखि नै काँग्रेस महाधिवेशनको चुनाव प्रचार निकै भडकिलो देखियो, सर्वसाधरणले यससलाई चासोका साथ हेरेका छन् । खर्चिलो चुनावमाथि कार्यकर्ताहरुवीच पनि अनौपचारिक कुराकानी हुन थालेको छ ।
10;00 निर्वाचन परिणाम आफ्नोपक्षमा पार्न हिजो रातभर गृहकार्य गरेका नेताहरु आज विहानै देखि मतदानस्थलमा छन् । पदाधिकारीको चुनाव त्रिपक्षीय हुँदैछ । संस्थापनपक्षका रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवालाई चुनौति दिँदै महामन्त्री कृष्ण सिटौला आफ्नो टिमसहित सभापतिमा लडेका छन् । उनको तेस्रो शक्तिले पहिलो चरणमा सभापतिको निर्वाचन परिणामविहीन बनाउने आशंका गरिएको छ । काँग्रेस विधान अनुसार ५१ प्रतिशत मत नल्याउने व्यक्ति सभापतिमा विजय हुँदैन । पहिलो चरणमा कसैको ५१ प्रतिशत मत नआए पहिलो र दोस्रो धेरै मत लिने दुई उम्मेदवारवीच दोस्रो चरणको निर्वाचन हुनेछ ।
9;55 प्रर्दशनीमार्गमा चुनाव प्रचार जारी छ । आ–आफ्नो समूह र आ–आफ्नो नेताको लागि भोट माग्नेक्रम जारी छ ।
9;50 रामचन्द्र पौडेल पनि मतदान स्थल पुगेका छन्
देउवाको प्रतिक्रिया: मेरो जित सुनिश्चत भैसकेको छ ।
उम्मेदवारहरुले मतदातालाई नमस्ते गरेका छन् , भोट मागेका छन्
9;20 पहिलो मतपत्र शेरबहादुर देउवाले लिए
दोस्रो कृष्णप्रसाद सिटौलाले लिए
तेस्रो अर्जुननरसिंह केसीले लिए
चौथोमा शसाङ्क कोइरालाले लिए
पाँचौमा उमाकान्ता चौधरीले लिए
छैठौ मत सुजता कोइरालाले लिइन
–9;17 मतदान शुरु
-सभापति पदमा कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौला मैदानमा छन्
-३ हजार १ सय ६१ प्रतिनिधिले चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछन्
– कार्यसमितिको ६४ पदका लागि ३ सय १२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्
-मतदानका लागि १३५ वटा बुथ बनाइएको छ
-सबैभन्दा ठूलो मतपत्र प्रदेश केन्द्रीय सदस्य छ
-मतपत्र नौ किसिमका छन्
-सभापतिको लागि छुट्टै मतपत्र छ
-महामन्त्री र कोषाध्यक्षको एउटै मतपत्र छ
काठमाडौँ– नेपाली काँग्रेसको १३ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । सभापति, महामन्त्री र कोषाध्यक्ष र ६१ केन्द्रीय सदस्यका लागि आज बिहान ८ देखि अपराह्न ४ बजेसम्म राष्ट्रिय सभागृहमा मतदान हुने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।
सभापति पदका लागि पार्टीका कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दिएका छन् ।
नेपाली काँग्रेसको विधानअनुसार सभापति पदमा निर्वाचित हुन कम्तीमा ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ । आजको निर्वाचनबाट कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेमा पुनः निर्वाचन गर्ने व्यवस्थासमेत निर्वाचन समितिले मिलाएको छ ।
त्यसैगरी महामन्त्रीमा नेतात्रय अर्जुननरसिंह केसी, डा शशांक कोइराला र गगन थापा उम्मेदवार छन् । कोषाध्यक्ष पदमा सीतादेवी यादव, चित्रलेखा यादव र उमाकन्त चौधरी प्रतिस्पर्धामा छन् ।
महाधिवेशनले समानुपातिक, समावेशी प्रतिनिधित्वसहितका आधारमा ६१ जना केन्द्रीय सदस्य निर्वाचित गर्नेछ ।
काँग्रेसको विधानअनुसार बाँकी सदस्य मनोनयन प्रक्रियाद्वारा पूर्णता दिई ८५ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ ।
देशभरका २४० निर्वाचन क्षेत्रबाट दुई हजार ८८०, विदेशस्थित १७ जनसम्पर्क समितिबाट १२६ जना, १७ भ्रातृ एवम् शुभेच्छुक संस्थाबाट ९८ जना र वर्तमान केन्द्रीय कार्यसमितिका ८४ जना सदस्य गरी तीन हजार १८८ महाधिवेशन प्रतिनिधिले मतदानमा भाग लिनेछन् ।
काँग्रेस महाधिवेशन बिेशेष
शेरबहादुरको आक्रामक प्रचार, पौडेल र सिटौला पनि कहाँ कम !
गगन भन्छन् : ससुरालाई जिताउन चुनाब लड्ने म मूर्ख राजनीतिकर्मी होइन
रामचन्द्रले भने, ‘मेरो प्रतिस्पर्धा शेरबहादुरसँग मात्र हुन्छ’
कांग्रेसको चुनाव, गगनलाई तनाव ! (फोटोफिचर)
कांग्रेस महाधिवेशन : ६३ जनाद्वारा उम्मेद्वारी फिर्ता (नामावलीसहित)
रामचन्द्रले विरासत पाए, चुनाव पनि जित्लान ?
सिटौलाको तेस्रो गुटको कति छ शक्ति ?
यस्ता देखिए देउवाका जीत–हारका फ्याक्टर
काँग्रेस महाधिवशेन प्रतिनिधिलाई निःशुल्क कपाल काट्ने व्यवस्था
कांग्रेस स्वास्थ्य शिविरमा औषधी नै छैन !
कांग्रेस महाधिवेशनले ‘हङकङ बजार’ बन्द !
यी हुन् देउवा पक्षका केन्द्रीय सदस्यका उम्मेदवार
कांग्रेस महाधिवेशनमा नुवाकोटका चार अनुहार : चर्चा बहादुरको
के छ बन्द सत्रमा पेश भएका प्रतिवेदनहरुमा ?
बन्द सत्रका झलकहरु
कोषाध्यक्षमा सिरहाका दुई महिलाको टक्कर
काँग्रेस शीर्ष नेताद्वारा सञ्चार केन्द्रको निरीक्षण
बन्दसत्र छाडेर धमाधम भोट माग्दै कांग्रेस नेताहरु
सबैभन्दा बढी उम्मेदवारी प्रदेशमा, सबैभन्दा कम दलित महिला कोटामा
तस्बिरमा यस्तो देखियो कांग्रेस महाधिवेशनस्थलको चहलपहल
१३औं महाधिवेशन : शुरु भयो कांग्रेसको महामेला
रामचन्द्र पौडेलको घोषणपत्र :हाम्रो कांग्रेस, राम्रो कांग्रेस
खुल्लामञ्चबाट प्रचण्डले भारतलाई सोधे : नाकाबन्दी गर्नेगरी हामीले के गल्ती गरेका थियौँ ?
जनताको आलोचना सुन्दा कहिलेकाहिँ आत्महत्या गरौंजस्तो लाग्छ : रामचन्द्र पौडेल
प्रचण्डले तताए काँग्रेसको मञ्च : मञ्चमा देखियो पौडेल भर्सेस प्रचण्ड
खुल्लामञ्चमा सिटौला र पौडेलको जुहारी, शेरबहादुरलाई वाहवाही !
प्रदेश ६ को विकास लागि सक्षम प्रतिनिधि हुँ’:हृदयराम थानी
किन गर्यो मधेशी मोर्चाले काँग्रेस महाधिवेशन बहिष्कार ?
प्यानल घोषणामा गर्दै देउवाले भने–मौका पाए सच्चा काँग्रेस बनाउँछु (फोटो फिचरसहित)
रामचन्द्र पौडेलको घोषणपत्र :हाम्रो कांग्रेस, राम्रो कांग्रेस
सभापति लड्ने उद्घोष गर्दै सिटौलाले भने, ‘काठमाडौंमा मेरो घर छैन्, गगनले देश हाँक्नसक्छ’
गणेशमान र विपीका छोराले रामचन्द्रलाई अघि सारेपछि… (फोटोसहित)
कांग्रेस सभापतिमा पौडेल, सिटौला र सुजाताको उम्मेद्वारी घोषणा
कांग्रेस महाधिवेशन UPDATE: रामचन्द्र पौडेलको प्यानल घोषणा, महामन्त्रीमा शशांक
बहस : विपी पुत्र शशाङ्क, महामन्त्रीका लागि योग्य कि अयोग्य ?
मलाई आरक्षण कोटाबाट पटक–पटक लड्नु छैन : बहादुर सिंह लामा
सुशीलको निधनपछि रामचन्द्रका सामुन्ने आए यस्ता ७ अप्ठ्यारा
सुशीलको निधनपछि देउवाका ८ सजिला
१३ औं महाधिबेशन कांग्रेसले यसरी खर्चिदैछ ४ करोड (खानपिनको मेन्युसहित)
कांग्रेस १३ औं महाधिवेशन : दिनमा ५ सय आम्दानी नभएको व्यक्तिले ५० हजार खर्च गर्दैछ, त्यो आयो कहाँबाट ?
महामन्त्रीका आकांक्षी खुमबहादुर भन्छन्– महाधिवेशनमा जो उम्मेदवार बन्छु भनेका छन्, कसैको ‘भिजन क्लियर’ छैन
गगन थापाको घोषणापत्र : अब पनि निर्णायक ठाउँमा पुगिएन भने थाकिन्छ
कांगेस १३औं महाधिवेशन : यस्तो छ सिटौला र पूर्णबहादुरको ‘इनसाइड गेम’
कांग्रेस केन्द्रीय सदस्यका दावेदार कर्मा छिरिङको घोषणापत्र : पैसा खर्च गर्नेहरु यसपटक परास्त हुन्छन्
कांग्रेस नेता ढुण्डीराज शास्त्रीको प्रश्न : पार्टीको पुँजीवादी अर्थतन्त्रले देशलाई किन बर्बाद पार्यो ?
कांग्रेस १३औं महाधिवेशन : जसले प्रभावित गर्न सक्छन् चुनावको खेल
केन्द्रीय सदस्यका दाबेदार बद्री पाण्डेको घोषणापत्र : हुनसक्ने कुरा लेखौं, नसक्ने कुरा नलेखौं
प्रकाशमान सिंहको घोषणापत्र : यस कारण सभापतिमा मेरो दावी छ
महाधिवेशन प्रतिनीधिको भोजन : बासमतीको भात, खसीको मासु, गाँजरको हलुवा र आइसक्रिम
काँग्रेस युवा नेता प्रदीप पौडेलको घोषणापत्र : हामी नयाँ त हौं तर अनटेस्टेड छौं
किन काँग्रेस नेतालाई विद्युतीय मतदानप्रति विश्वास लागेन ?
केन्द्रीय सदस्यका दावेदार नवराज गुरुङको घोषणापत्र : टिकट नदिने खेल भए गम्भीर निर्णय लिन्छु
केन्द्रीय सदस्यका दावेदार मोहन बस्नेतको घोषणपत्र : मैले जित्ने यी हुन् चार कारण
केन्द्रीय सदस्यका दाबेदार विष्णु धितालको घोषणापत्र : कांग्रेसको निर्णायक तहमा युवा हुनुपर्छ
काँग्रेस महाधिवेशन : कुन जिल्लाका प्रतिनिधिलाई कुन होटल ?
केन्द्रीय सदस्यका दाबेदार शिवप्रसाद हुमागार्इंको घोषणापत्र : यसकारण मेरो उम्मेदवारी
सीता गुरुङको घोषणा पत्र : महिलालाई मूल्यांकन गर्ने दृष्टिकोण बदलौँ
महेन्द्र शर्माको घोषणपत्र पैसा कमाएर नेतृत्वमा आउनुहुँदैन
थोत्रो नेतृत्व विस्थापित गर्न मेरो उम्मेदवारी
कांग्रेसमा सहरिया र मध्यमवर्गको बाहुल्य
कांग्रेस केन्द्रिय सदस्यका उम्मेद्वार जीपछिरिङ लामा भन्छन्, चुनाव जित्नेमा ढुक्क छु’
Ratopati बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved