Home » » एक वर्षपछि सनराईज बैंक गार्डका हत्यारा पक्राउ

एक वर्षपछि सनराईज बैंक गार्डका हत्यारा पक्राउ


चैत्र ०२,
उदयपुर / उदयपुर सिमेन्ट उद्योग लिमिटेडको हाताभित्र रहेको सनराईज बैंक लिमिटेड शाखामा डिउटीमा रहेको गार्डको हत्यारालाई प्रहरीले पक्राउ गरेको छ । २०७१ साल माघ १९ गते रातको समयमा डिउटीमा खटिएका त्रियुगा नगरपालिका वडा नं.–८ बगाहा बस्ने वर्ष ५१ का खेम बहादुर बानियाको हत्यामा संलग्न तीन जना हत्याराहरुलाई लामो अनुसन्धान पछि पक्राउ परेको हो ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नं.–११ जलजले बस्ने वर्ष ३९ को टिका प्रसाद आचार्य, देउरी–१० वस्ने वर्ष ३४ का बब्लु भन्ने प्रेम दोर्जे शेर्पा र सोही ठाउँ बस्ने वर्ष ३७ को अरविन्द बोगटीलाई मंगलबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । साथै हत्यामा संगल्न त्रियुगा नगरपालिका–८ बगाहा बस्ने विवेक थापा फरार रहेको प्रहरी उपरिक्षक नरबहादुर केसीले जानकारी दिए ।
बैंकका सुरक्षा गार्ड बाँनियाको गत वर्ष माघ १९ गते राती धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । गार्ड हत्यापछि बैंकमा राखिएको भल्टर (सेफ) फुटाउने प्रयास भएको र तर नफुटेपछि लुटेरा फरार भएको अनुसन्धानमा खुलेको छ ।हत्याराले खुकुरी, गाडीको उचाल्न प्रयोग गरिने लिभर प्रयोग गरेर बानियाँको हत्या गरेको प्रहरीले जानकारी दिएकाे छ । प्रहरीका अनुसार एसएमएस, टेलिफोन वार्ता लगायतको आधुनिक प्रविधिको प्रयोग गरि हत्यारा पहिचान गर्नमा सहयोग गरेको एसपी केसीले बताए ।
यस्तै अनुसन्धानका लागि क्षेत्रिय प्रहरी कार्यालय विराटनगरको क्षेत्रिय अनुसन्धान टोली र जिल्लाको प्रहरी टोलीले हत्याराको गहिराईसम्म पुगेर हत्यारा पक्राउ परेको प्रहरीले जानकारी दिए ।
पुर्बेलीन्युजबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved