Home » » मधेसी मोर्चाले दोस्रो जनआन्दोलनकै शैलीमा विरोध प्रदर्शन गर्ने

मधेसी मोर्चाले दोस्रो जनआन्दोलनकै शैलीमा विरोध प्रदर्शन गर्ने


२ चैत, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ०६२/६३ सालको दोस्रो जनआन्दोलन जस्तै सशक्त आन्दोलन सुरु गर्ने निर्णय गरेको छ । मोर्चामा आबद्ध सात दलसहित १५ दलीय संघीय गठबन्धनको मंगलबार बसेको बैठकले चैत अन्तिम सातादेखि आन्दोलन सुरु गर्ने निर्णय गरेको हो ।
सरकार मधेसका माग पूरा गर्न तयार नभएको भन्दै थप रणनीति तय गर्न संघीय गठबन्धनको बैठक मंगलबार संघीय समाजवादी फोरम नेपालको कार्यालय तिनकुनेमा बसेको थियो ।
बैठकपछि फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठले सरकारले आफूहरुका माग पूरा गर्न तत्परता नदेखाएकाले चैत अन्तिम सातादेखि ‘संयुक्त जनआन्दोलन’ सुरु गर्ने बताए । उक्त आन्दोलन ०६२/६३ सालको आन्दोलनकै स्वरुप र शैलीमा गरिने उनले बताए ।
उक्त आन्दोलनलाई ‘संयुक्त जनआन्दोलन’ नाम दिइएको छ ।
त्यसअघि चैत ६ गते काठमाडौंमा कालो झण्डासहित विरोध प्रदर्शन गर्ने श्रेष्ठले जानकारी दिए । चैत ६ गते शान्ति वाटिकादेखि माइतीघर मण्डलासम्म कालो झण्डासहित प्रदर्शन गर्ने उनले जानकारी दिए ।
सीमांकन हेरफेर गरिनुपर्नेलगायतका माग पूरा गर्न सरकारले बेवास्ता गरेकाले विरोध प्रदर्शन गर्नुपरेको उनले बताए ।
अनलाइनखबरकबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved