Home » » रु तीन अर्बको आँप फल्ने अनुमान

रु तीन अर्बको आँप फल्ने अनुमान


चैत्र ०२,
जनकपुधाम / मध्यतराईमा यस वर्ष बोटमा बढी मञ्जरी लागेकाले धनुषामा करिब रु तीन अर्बको आँप फल्ने अनुमान छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष जिल्लामा दुई हजार २७१ हेक्टर क्षेत्रफलमा आँपखेती गरिएकामा ३१ हजार ७९४ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । प्रतिकिलो रु १०० मा बिक्री हुने आधारमा सो रकम बराबरको आँप उत्पादन हुने अनुमान कृषि विज्ञले गरेका छन् ।
गतवर्ष जिल्लामा दुई हजार २५५ हेक्टर क्षेत्रफलमा आँपखेती गरिएकामा रु २७ करोड ३६ लाख ५० हजारको पाँच हजार ४७३ मेट्रिक टन आँप उत्पादन भएको तथ्याङ्क छ । व्यापारीले किसानको खेतमै गएर बगैँचा ठेक्का लिने गरेका छन् ।
सरकारले अत्यधिक आँप उत्पादन हुने लवटोली, यज्ञभुमी, गोदार, भरतपुर, पुष्पवलपुर, धनुषधाम, लक्ष्मी निवास, ढल्केवर, बटेश्वर, भूइँचक्रपुरलगायतका गाउँमा किसानलाई ५० प्रतिशत अनुदानमा आँपको बिरुवा उपलब्ध गराएको थियो । यहाँका किसानले बम्बई, माल्दा, कलकतिया, आम्रपाली जातको आँपखेती गर्ने गरेका छन् । उत्पादित आँप स्थानीय बजारसहित काठमाडौँ, पोखरा, नेपालगञ्ज, बुटवल, भैरहवा र सीमावर्ती भारतीय बजारमा बिक्री गरिन्छ ।
पुर्बेलीन्युजबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved