Home » » महाधिवेशनलगत्तै सरकार परिवर्तन : प्रचण्ड

महाधिवेशनलगत्तै सरकार परिवर्तन : प्रचण्ड


फागुन १९
काठमाडौं–सत्ता साझेदार एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस महाधिवेशन लगत्तै सरकार परिवर्तन हुने बताएका छन् । उनले नेतृत्वबारे भने खुलाएनन् ।
अगुवा कार्यकर्तालाई गोप्य प्रशिक्षण दिन दाप्चा काशिखण्डस्थित भकुण्डेवेशी आएका उनले सरकारको काम कार्वाहीबारे असन्तुष्टी जनाए । जनचाहना अनुसार काम गर्न नसकेको भन्दै उनले आफ्ना पार्टीका मन्त्रीलाई २ महिनाको अल्टिमेटम दिएको प्रशिक्षणमा बताए ।
जनताको चाहना अनुसार सरकारले काम गर्न सकेको छैन, उनले भने, २ महिनामा प्रगति देखिने गरी काम नगरे आउने परिणामको सामना गर्न मन्त्रीहरुलाई चेतावनी नै दिएको छु । प्रमुख सत्तासाझेदार एमाओवादी अध्यक्ष दाहालले सार्वर्जनिक रुपमा पनि सरकारको कार्यशैलीको आलोचना गर्दै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले पनि उपलव्धी दिन नसकेको भन्दै आलोचना गरेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved