Home » » ‘के म तँसँग भिख माग्दैछु ? प्रश्न गर्दैहोटेल मालिकलाई पारसले हाने मुक्का

‘के म तँसँग भिख माग्दैछु ? प्रश्न गर्दैहोटेल मालिकलाई पारसले हाने मुक्का


९ फागुन, काठमाडौं ।
पूर्वयुवराज पारसलाई सुध्रिएको देख्न चाहने उनका शुभचिन्तकहरु फेरि एकपटक निरास भएका छन् । आफूले मागेजति रकम नदिएपछि एक नातेदारलाई पारसले गतसाता कुटपिट गरेकोले उनका हितैषिहरु निरास हुने स्थिति उत्पन्न भएको हो ।
प्राप्त जानकारीअनुसार पूर्वयुवराज पारस निकै खर्चालु छन् र एकै महिनामा लाखौंलाख रुपैयाँ खर्च गर्ने क्षमता उनमा रहेको छ ।
आफ्ना पिता (पूर्वराजा ज्ञानेन्द्र)बाट आफ्नो आवश्यकता पूरा नहुने भएपछि नातेदार, साथीभाइ र शुभचिन्तकहरुसँग पारसले रकम मागेर काम चलाउने गरेका छन् ।
गतसाता पोखरा पुगेका पारसले मागेजति रकम नदिएका कारण फेवा तालकिनारामा रहेको फिसटेल होटलको राणा थरका मालिक (नाम गोप्य राखिएको)लाई उनको कार्यकक्षमै कुटपिट गरे ।
पारसले ती नातेदार (होटल मालिक)सँग आफ्नो खर्चका लागि पच्चिस लाख रुपैयाँ मागेका थिए । तर उनले त्यति ठूलो रकम आफूसँग नभएको बताउँदै पाँच लाखसम्म दिन सकिने जानकारी गराए ।
त्यसपछि क्रुद्ध भएका पारसले ‘के म तँसँग भिख माग्दैछु ?’ भन्ने प्रश्न गर्दै मुक्का बर्षाएका थिए ।
पारसको कुटाइबाट राणा घाइते भए पनि उनले आफ्नो इज्जत प्रतिष्ठाको ख्याल गर्दै प्रहरीमा उजुरी दिएका छैनन् । घटना र विचार साप्ताहिकमा खबर छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved