Home » » सुडानका लडाकुलाई तलबको सट्टा बलात्कार गर्ने छुट !

सुडानका लडाकुलाई तलबको सट्टा बलात्कार गर्ने छुट !


फागुन २९ – संयुक्त राष्ट्रसंघको एक प्रतिवेदन अनुसार दक्षिणी सुडानमा सेनासँग जोडिएका लडाकुलाई तलबको सट्टा महिलालाई बलात्कार गर्ने स्वीकृति दिने गरेको खुलासा भएको छ । बिद्रोहीसँग लड्नका लागि सेनालाई सहयोग गर्ने लडाकुलाई तलबको सट्टा महिलालालाई बलात्कार गर्ने अधिकार दिने गरिएको राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ । गएको वर्ष सुडानको तेलमा धनी राज्य युनिटीमा मात्रै १३ सय महिलाको बलात्कार भएको अनुसन्धानकर्ताले बताएका छन् ।
दिक्षणी सुडानको सेनाले आम नागरिकको हत्या तथा बलात्कार गर्ने गरेको र यो युद्ध अपराध भएको राष्ट्रसंघले जनाएको छ । तर दक्षिणी सुडान सरकारले भने यो आरोप अस्वीकार गरेको छ । आफ्नो सेनाले आम नागरिकलाई निशाना बनाएको र उनीहरुको हत्या तथा बलात्कार गरेको भन्ने आरोपबारे छानबिन भइरहेको सरकारी अधिकारीले बताएका छन् । राष्ट्रपति साल्भा किरका प्रवक्ता एटेनी वे एटेनीले आफूहरुले नियम अनुसार नै काम गरेको दाबी गरेका छन् ।
राष्ट्रसंघको प्रतिवेदन अनुसार सेनाले लडाकुहरुलाई ‘गर्न सकेको गर, लैजान सकेको लैजाउ’ भन्ने सम्झौता अनुसार काममा लगाउँछ । यो सम्झौता अनुसार लडाकुलाई महिला तथा किशोरी आफ्नो साथमा लगेर बलात्कार गर्ने छुट रहेको राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ । लडाकुले सर्वसाधारण नागरिकको निजी सम्पत्ति तथा पशुचौपाय पनि लैजाने गरेका छन् । दक्षिणी सुडानमा भइरहेको यौन हिंसा विश्वको सबै भन्दा जघन्य मानवअधिकार हनन् रहेको राष्ट्रसंघ मानवअधिकार आयुक्त जैद राद अल हुसैनले बताउनुभयो ।
एक महिलामाथि नै १० भन्दा धेरै लडाकुले एक साथ बलात्कार गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । दक्षिणी सुडानमा सन् २०१३ को डिसेम्बरदेखि गृह युद्ध सुरु भएको हो ।
राष्ट्रपति साल्भा किरले उपराष्ट्रपति रिक मचाडलाई सत्ता हत्याउन खोजेको आरोपमा हटाएपछि गृहयुद्ध सुरु भएको हो । अहिलेसम्म दशौं हजारको ज्यान गएको छ भने २० लाख भन्दा धेरै मानिस विस्थापित भएका छन् ।
Ujyaaloonline

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved