Home » » अनन्त र अन्जन ट्रायलका लागि आज नेदरल्याण्ड जाने

अनन्त र अन्जन ट्रायलका लागि आज नेदरल्याण्ड जाने


२९ फागुन, काठमाडौं । राष्ट्रिय टोलीका युवा स्ट्राइकरद्वय अन्जन विष्ट र आनन्त तामाङ ट्रायलका लागि आज नेदरल्याण्ड जाने भएका छन् ।
स्पेनको मार्बेला युनाइटेड एफसीमा ट्रायलको अवसर पाएका फरवार्ड विष्ट र रक्ष तामाङ नेदरल्याण्ड पुगेर टोलीमा समावेश हुनेछन् । मार्वेला युनाइटेडको टोली आइतबारबाट चैत्र ७ गतेसम्म मैत्रीपूर्ण खेलका लागि नेदरल्याण्ड भ्रमणमा रहने अखिल नेपाल फुटबल संघ(एन्फा) ले जनाएको छ ।
सोही क्लबबाट खेल्ने तयारीमा रहेका राष्ट्रिय टोलीका अर्का फरवार्ड विमल घर्तीमगर भने केही समयपछि मात्र जाने भएका छन् । चोटका कारण उनको भ्रमणमा ढिलाई भएको एन्फाले जनाएको छ ।
अनलाइनखबरबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved