फागुन २९ – क्रिष्टल प्यालेस एफएकप फुटबलको सेमिफाइलनमा प्रवेश गरेको छ । शुक्रबार राति भएको क्वाटरफाइलनमा रिडिङलाई २–० ले हराएर सेमिफाइलनमा स्थान बनाएको हो । १० खेलाडीमा सीमिति च्याम्पियनसिप क्लब रिडिङलाई हराएर क्रिष्टिल प्यालेस पछिल्लो २१ वर्षमा पहिलो पटक एफए कपको अन्तिम चारमा पुगेको हो । क्रिष्टिल प्यालेसको जितमा योआन काबाय र फ्राइजर क्याम्पबेलले एक एक गोल गरे । ८५ औं मिनेटमा जेक कुपर दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रिडिङ १० खेलाडीमा सीमित भएको थियो । क्रिष्टल प्यालेसले दुवै गोल त्यसपछि गरेको हो । ८६ औं मिनेटमा पेनाल्टीमार्फत काबायले गोल गरे भने इन्जुरी समयमा क्याम्पबेलले अर्को गोल गरे ।
– Ujyaaloonline
२१ वर्षपछि क्रिष्टल प्यालेस एफए कपको सेमिफाइनलमा
Posted by Unknown
Posted on 6:29 PM
with No comments
Labels:
sports
0 comments:
Post a Comment