काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमले अर्को महिना मलेसियाको युवा टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। सुरुमा दुई देशको राष्ट्रिय टोलीबीच मैत्रीपूर्ण खेल हुने तय भए पनि निर्धारित मिति चैत १४ मा नेपालले मलेसियाको २३ वर्षमुनिको टोलीसँग खेल्नेगरी सहमति भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
मलेसियाले चैत १६ मा मैत्री खेलका लागि नेपालसहित मकाउलाई पनि प्रस्ताव गरेकोमा दुवै देश तयार भएपछि पूर्व निर्धारित मितिमा मकाउसँग खेल्ने र नेपालसँग एक महिनापछि खेल्ने सहमति भएको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले नागरिकलाई जानकारी गराए।
'मलेसियाले हामीसँगै र मकाउलाई पनि चैत १६ को मितिमा मैत्रीपूर्ण खेल खेल्न प्रस्ताव गरेको रहेछ,' उनले भने, 'दुवै देशले सहमति जनाएकाले पहिला मलेसिया र मकाउले खेल्ने भएका छन् । नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेल केही पछि सरेको छ । सम्भवतः मेमा हुनेछ । अहिले राष्ट्रिय टोलीसँग नभए पनि युवा टोलीसँग खेलौं भन्ने मलेसिया फुटबल संघकै प्रस्तावमा हामीले स्वीकृति जनाएका हौं ।'
तुलाधरका नुसार मुख्यत मलेसियासँगको मैत्रीपूर्ण खेलका लागि दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने खेलाडीकै बाहुल्य रहनेछ । उनले भने, 'यु–२३ टोलीको मैत्रीपूर्ण भनेपछि खासमा स्वर्ण पदक विजेता टोली नै हुनेछ । त्यसमा केही सिनियर खेलाडी थप्न सकिन्छ ।'
एन्फाका प्रवक्ता समेत रहेका तुलाधरले मैत्रीपूर्ण खेलका लागि युवा टोलीको तयारी आइतबारबाट सुरु हुने जानकारी गराए । अघिल्लो सातामात्र राजधानी आइपुगेका जापानी प्रशिक्षक ग्योटोकु कोजीको नेतृत्वमा युवा टोलीले मैत्रीपूर्ण खेल खेल्नेछ । कोजी सिमरा गोल्डकप कप निरिक्षणका लागि त्यसतर्फ छन् । उनले भने, 'उहाँ फर्केपछि तयारी सुरु हुन्छ ।' जापान फुटबल संघको अन्तर्राष्ट्रिय विभागको सिफारिसमा एन्फाले कोजीलाई प्रशिक्षकमा नियुक्त गरेको थियो । जापानका पूर्व अन्तर्राष्ट्रिय खेलाडी कोजीले यसअघि सन् २००८ मा एक वर्ष अर्को दक्षिण एसियाली टोली भुटानलाई प्रशिक्षण गराएका थिए।
Nagarik News बाट
नेपालले मलेसियाको युवा टोलीसँग खेल्ने
Posted by Unknown
Posted on 6:28 PM
with No comments
Labels:
sports
0 comments:
Post a Comment