Home » » चितवनका साजन छैठौँ ‘बिग आइकन’ विजेता

चितवनका साजन छैठौँ ‘बिग आइकन’ विजेता


चितवन पटिहानीका साजन आले छैठौँ सँस्करणको बिग आइकन बनेका छन् ।आफ्ना तीन प्रतिष्पर्दी सृष्टि गुरुङ, अनु गुरुङ र अम्बिका पुनलाई पछाडि पार्दै साजनले बिग आइकनको टाइटल जितेका हुन् ।
टाइटलसँगै साजनले १ लाख ७५ हजार रुपैयाँ बराबरको हिरो ड्यास स्कुटर प्राप्त गरेका छन्। त्यसैगरी उनले बेलायतमा दुई हप्ता बेलायतको साँगीतिक यात्रा गर्ने अवसर प्राप्त गरेका छन्। मंगलबार पोखरा सभागृहमा भएको ग्राण्ड फिनालेमा अभिनेत्री करिश्मा मानन्धरले साजनलाई विजेता घोषणा गरेकी थिइन् ।
विजेता बनेपछि साजनले आफूलाई भोट गरेर जिताउने सम्पूर्ण शुभचिन्तक र श्रोतालाई धन्यवाद दिए। उनले नेपाली साँगीतिक क्षेत्र आफुले अझै धेरै गर्नु बाँकी रहेको त्यसक्रममा बिग आइकनको साख जोगाउन हर प्रकारको प्रयत्न गर्ने उद्घोष गरे ।
त्यस्तै पोखरा मालेपाटनकी अनु गुरुङ फस्ट रनर अप बनिन्। टाइटलसँगै उनले नगद ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । सेकेन्ड रनर अप घोषित भएकी अम्बिका पुनले ५० हजार रुपैयाँ पुरस्कार हात पारिन् भने थर्ड रनरअप सृजना गुरुङले २५ हजार रुपैयाँ जितिन् ।
यो पटकको बिग आइकनमा श्यामसुङ तामाङ, कर्ण दास, विवेक श्रेष्ठ, सुनिल थापा र विनोद बाँनिया निर्णायक रहेका थिए ।
कार्यक्रममा बोल्दै बिग एफएमका अध्यक्ष महेश भण्डारीले छैठौँ बिग आइकनलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, स्रोता र शुभेच्छुकहरुलाई धन्यवाद दिए । ‘सबैको साथ र सहयोगले गर्दा नै बिग आइकनलाई हामीले निरन्तर छैठौँ सँस्करणसम्म ल्याउन सक्यौँ’ अध्यक्ष भण्डारीले भने।
Setopati बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved