कोलकाता, फागुन २८ । भारतको पश्चिम बंगालका २२ वर्षीय एक युवक रातारात करोडपति बनेका छन् । बेरोजगार भएका कारण रोजगारीका लागि भौंतारिइरहेका मोफिजुल रहीमा शेख काम कै खोजीमा केरल पुगे ।
केरलको कोझीकोड सहरमा मजदुरी थालेका उनले पहिलो दिन ५० रुपैयाँ कमाए । त्यही रकमले एउटा चिट्ठा किनेका उनी रातारात करोडपति भएका हुन् । किनकि
उनले खरिद गरेकै चिट्ठा नम्बरमा एक करोड रुपैयाँ परेको थियो ।
आफूलाई एक करोड रुपैयाँको चिट्ठा परेको थाहा पाएपछि उनी सुरक्षा खोज्दै स्थानीय प्रहरी कार्यालयमा पुगे । किनकि उनलाई डर थियो, कतै उनको त्यो चिट्ठा कसैले नखोसोस् ।
प्रहरीका अनुसार एक विकलांग व्यक्तिले चिट्ठा बेचिरहेको देखेपछि दया लागेर शेखले ५० रुपैयाँको चिट्ठा किनेका थिए । तीन दिनपछि उनलाई आफूले किनेको चिट्ठामा एक करोड रुपैयाँ परेको थाहा पाए । त्यसपछि उनी दुई दिनसम्म प्रहरी सुरक्षा मै बसे ।
अहिले उनी आफ्नो घर फर्किएका छन् । चिट्ठाको सो रकमले आफ्नो लागि एउटा राम्रो घर किन्ने उनको योजना छ ।
Imagekhabar बाट
Home »
international news
» मजदूरबाट रातारात करोडपति बने यी युवा
मजदूरबाट रातारात करोडपति बने यी युवा
Posted by Unknown
Posted on 6:22 PM
with No comments
Related News you might like to see :
Labels:
international news
0 comments:
Post a Comment