फागुन २७ – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका कप्तान वायने रुनी अहिले घुँडाको चोटका कारण मैदान बाहिर छन् । प्रिमियर लिगअन्तर्गत गएको महिना सन्डरल्याण्डसँगको खेलको क्रममा रुनीको दायाँ खुट्टाको घुँडाको लिगामेन्टमा चोट लागेको थियो । चोटका कारण मैदान बाहिर रहेका बेला रुनी छोटो समयको छुट्टीका लागि मध्य पूर्व गएका थिए । त्यसक्रममा दुई गएका रुनी बाघसँग खेलेका छन् । इंग्ल्याण्ड तथा म्यानचेस्टर युनाइटेडका कप्तान रुनीले दुबईको एक निजी फर्ममा रहेको बाघसँग केही समय बिताएका हुन् । उनले त्यसक्रममा बाघसँग खेलेका हुन् । गएको हप्ता दुबईमा रहेका बेला उनले बाघसँग खेल्नुका साथै जिराफलाई आहारा पनि खुवाएका थिए । उनी आइतबार इंग्ल्याण्ड फर्किएका छन् ।
बाघसँग खेल्दा उनले दायाँ खुट्टामा लगाएको ब्यान्डेज फर्किँदा लगाएका छैनन् । यसको अर्थ उनको घुँडाको चोट निको भयो भन्ने नै हुन्छ । २९ खेलबाट ४९ अंक जोडेको म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको छैटौं स्थानमा छ ।
– Ujyaaloonline बाट
वायने रुनीको बाघसँग घम्साघम्सी
Posted by Unknown
Posted on 6:20 PM
with No comments
Labels:
sports

0 comments:
Post a Comment