Home » » ब्राजिलका पूर्वराष्ट्रपतिविरुद्ध भ्रष्टाचार मुद्दा दायर

ब्राजिलका पूर्वराष्ट्रपतिविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं, फागुन २७ । ब्राजिलका पूर्वराष्ट्रपति लुला डा सिल्भाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । पूर्वराष्ट्रपति सिल्भा विरुद्ध पदको दुरुपयोग गरी कालो धन सञ्चय गरेको आरोपमा सरकारी अधिकारीहरुले मुद्दा दायर गरेका हुन् ।
पूर्वराष्ट्रपति सिल्भाले भने राजनीतिक पूर्वाग्रहका कारण मुद्दा लगाइएको भन्दै आफूले कुनै गलत
काम नगरेको जिकीर गरेका छन् । ब्राजिलको सरकारी तेल कम्पनी पेट्रोब्रासमा भ्रष्टाचार गरेको आरोप सिल्भामाथि लगाइएको हो ।
सिल्भा र उनकी श्रीमती मारिसा लेटिसिएमाथि समुद्रको किनारमा रहेको एक रिसोर्टको स्वामित्वका विषयमा पनि अनुसन्धानकर्ताले प्रश्न गर्ने गरेका छन् ।
पूर्वराष्ट्रपति सिल्भाविरुद्ध दायर मुद्दा न्यायालयले स्वीकार गर्न भने बाँकी नै छ । सन् २००३ देखि २०११ सम्म ब्राजिलको राष्ट्रपति रहेका ७० वर्षीया सिल्भाले भने भ्रष्टाचार आरोपको खण्डन गर्दै आफू निर्दोष रहेको बताउँदै आएका छन् । Imagekhabar बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved