Home » » मनाङ र मुस्ताङबाट एसएलसीमा जम्मा २०१ विद्यार्थीले परीक्षा दिने

मनाङ र मुस्ताङबाट एसएलसीमा जम्मा २०१ विद्यार्थीले परीक्षा दिने


२७ फागुन, मनाङ । आगामी चैत महिनाको १८ गतेदेखि सुरु हुने यस वर्षको एसएलसी परीक्षामा मनाङ र मुस्ताङबाट कम विद्यार्थी सम्मिलित हुने भएका छन् ।
मनाङका चार सामुदायिक र एक खुल्ला विद्यालयबाट जम्मा ६५ जना विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुने जिल्ला शिक्षा कार्यालय मनाङका शाखा अधिकृत खुलानाथ गौतमले जानकारी दिए । त्यस्तै, मुस्ताङमा १३६ जना विद्यार्थी परीक्षामा सम्मिलित हुने मुस्ताङका जिल्ला शिक्षा अधिकारी केशरीरमण न्यौपानेले बताए ।
सो जिल्लामा सात सामुदायिक, एक संस्थागत र एक खुल्ला विद्यालय सञ्चालनमा रहेका छन् । एसएलसी परीक्षाका लागि सम्पूर्ण तयारी सकिएको जिल्ला शिक्षा कार्यालयले जनाएका छन् ।
अनलाइनखबरबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved