Home » » कांग्रेस निर्वाचन : आदिवासी जनजाती, महिला मधेसी र दलितको मतपरिणाम सार्वजनिक, क–कसले जिते चुनाव ?

कांग्रेस निर्वाचन : आदिवासी जनजाती, महिला मधेसी र दलितको मतपरिणाम सार्वजनिक, क–कसले जिते चुनाव ?


फागुन २९
काठमाडौं– नेपाली कांग्रेसको केन्द्रिय सदस्य पदका लागी भएको जनजाती, महिला र दलित तर्फको मत परिणाम सार्वजनिक भएको छ । केन्द्रिय निर्वाचन समितीका सचिव प्रदिप पराजुलीले दिएको जानकारी अनुसार आदिवासी जनजाती तर्फ चिनकाजी श्रेष्ठ, बहादुर लामा र कल्याण गुरुङ केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै आदिवासी जनजाती महिलातर्फ सिता गुरुङ र रत्न शेरचन केन्द्रिय सदस्य पदमा विजयी भए ।
दलित तर्फ
दलित तर्फ मिन विक, जिवन परियार र मान बहादुर विक विजयी भएको निर्वाचन समितिले जनाएको छ । दलित महिला तर्फ सुजाता परियार र लक्ष्मी परियार निर्वाचित भएको निर्वाचन समितिका सचिव पराजुलीले जानकारी दिए ।
मधेसी तर्फ
त्यस्तै मधेसी आरक्षणतर्फ अजय चौरसिया, महेन्द्र यादब र राम कृष्ण यादव निर्वाचित भएका छन् । त्यस्तै मधेसी महिला तर्फ किरण यादब र पार्बता डि सि चौधरी बिजयी भएका छन् ।
Ratopati बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved