Home » » अन्तिम बलमा धोनी चुके, भारत दक्षिण अफ्रिकासँग पराजित

अन्तिम बलमा धोनी चुके, भारत दक्षिण अफ्रिकासँग पराजित


३० फागुन, काठमाडौं । टी-२० विश्वकपको अभ्यास खेलमा दक्षिण अफ्रिकाले भारतमाथि ४ रनको रोमान्चक जित हात पारेको छ ।
मुम्बईमा दक्षिण अफि्रकाले १९७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा भारतले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन मात्र बनाउन सक्यो । १९ औं ओभरमा युवराज सिंहले छक्का र चौका हानेपछि अन्तिम ओभरमा भारतलाई १४ रन चाहिएको थियो । क्रममा युवराजसँगै कप्तान महेन्द्रसिंह धोनी थिए ।
पहिलो बलमा धोनीले रन जोड्न सकेनन् भने दोस्रोमा १ रन मात्र लिए । तेस्रो बलमा २ रन लिएका युवराजले चौथो बलमा १ रन लिए । तर, ओभरको पाँचौ बलमा धोनीले चौका हान्दै जितको आत देखाए । झन अन्तिम बल बाइड भएपनि त जितका लागि अन्तिम बलमा चौका हाने बराबरी र छक्का भए जित हुने अवस्था आयो ।
तर, मोरिसको बलमा धोनीले रन नै जोड्न सकेनन् र भारत दक्षिण अफि्रकासँग ४ रनले पराजित भएको छ । धोनी ३० र युवराज १६ रनमा अविजित रहे । भारतका लागि शिखर धवनले ७३ रन बनाए भने सुरेश रैना ४१ रनमा रिटायर्ड हर्ट भएका थिए ।
यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफि्रकाले २० ओभरमा ८ विकेट गुमाएर १९६ रन बनाएको थियो । उसका लागि जेपी डुमिनीले ६७ र क्विन्टन डिकोकले ५६ रनको योगदान दिए ।
अनलाइनखबरबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved