Home » » प्रहरीले मादक सेवन गरि स्कुटीलाई ठक्कर दिएपछि कारबाहीको माग गर्दा एक घण्टा सडक अवरुद्ध

प्रहरीले मादक सेवन गरि स्कुटीलाई ठक्कर दिएपछि कारबाहीको माग गर्दा एक घण्टा सडक अवरुद्ध


धरान-प्रहरीले मादक सेवन प्रयोग गरी सवारी साधन चलाउदा व्यस्त बजार मानिएको धरान ९ पुतलीलाइनमा राखिराखेको स्कुटीलाई ठक्कर दिएपछि स्थानीयहरुले कारबाहीको माग गरेका छन् । पूर्व क्षेत्रीय प्रहरी आवासीय माविको को १ झ ६६६ नम्बरको सवारी साधनका चालक असई गोविन्द कार्कीले चलाएको सवारी साधनले रोकिराखेको को १८ प ७२६२ नम्बरको धरान १८का दधिराम आचार्यको स्कुटीलाई ठक्कर दिएपछि स्थिति तनावपूर्ण बनेको थियो ।
आक्रोसित सर्वसाधारणले क्षतिपूर्ति माग गर्दै कारबाहीको माग गर्दा एक घण्टा सडक अवरुद्ध भएको थियो । सवारी चालक सई कार्कीले मादक पदार्थ सेवन गरी सवारी चलाएको बुझेपछि कारबाहीका लागि माग गरेपछि प्रहरीले सवारी साधनसहित कार्कीलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालयमा राखिएको छ ।
रोकिराखेको आफ्नो सवारी साधनलाई ठक्कर दिदा पनि गल्ती स्वीकार्न नमानेको गाली गलौज गरेको पीडित दधिराम कार्कीका भनाई छ । यसपछि आक्रोसित सर्वसाधारणले कारबाहीको माग गरेपछि कारबाही गर्ने आश्वासनसहित वडा प्रहरी कार्यालयमा राखिएको उहाको भनाई छ । प्रहरीले मादक पदार्थ सेवन गरेका सई कार्कीलाई सफाया दिन खोजेको आरोप सर्वसाधारणले लगाएपछि प्रहरीले भने मेडिकल चेकजाच गरी कारबाही गर्ने आश्वासन दिएपछि भने सर्वसाधारणको आक्रोस मत्थर भएको थियो । News24Nepal.com बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved