Home » » काठमाडौँ स्तम्भको निर्माण सुरु

काठमाडौँ स्तम्भको निर्माण सुरु


काठमाडौँ, पुरानो बसपार्कमा काठमाडौँ स्तम्भ निर्माणको काम अघि बढेको छ ।
काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङका अनुसार निर्माणको काम आइतबारदेखि सुरु भएको हो । बाह्रतले सो भवन पूर्ण रुपमा भूकम्प प्रतिरोधात्मक बनाइने तामाङले बताउनुभयो । सो सुविधासम्पन्न भवनको विस्तृत अध्ययन प्रतिवेदन तथा वातावरणीय प्रभाव मूल्याङ्कनसमेत तयार भइसकेको छ ।
रु तीन अर्ब ५० करोडको लागतमा स्तम्भ निर्माणको जिम्मा जलेश्वर स्वछन्द विकोइ विल्डर्स प्रालिले पाएको छ । काम सुरु भएको पाँच वर्षभित्र सो स्तम्भ बनाइसक्नुपर्ने सम्झौता भएको छ ।
News24Nepal.com बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved