Home » » मुसलधारे वर्षाले पाकिस्तानमा ४२ जनाको मृत्यु

मुसलधारे वर्षाले पाकिस्तानमा ४२ जनाको मृत्यु


पाकिस्तान: पाकिस्तानमा परेको मुसलधारे बर्षाका कारण गएको पाँच दिनभित्र मृत्यु हुनेको सङ्ख्या सोमबार ४२ पुगेको छ ।
पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा सवैभन्दा धरै मानिसको वर्षापछिको बाढीका कारण ज्यान गएको बलुचिस्तान प्रान्तका प्रकोप व्यवस्थापन प्रमुखले बताए । त्यस्तैे उत्तरपश्चिमी प्रान्त काइबर पाकथुङ्ख्वामा पनि बाढीको असर ब्यापक भएको उनले बताए ।
मृतकमध्ये चार महिला र सात बालबालिका रहेका छन् । यी प्रान्तमा ७० जनाभन्दा बढी मानिस घाइते भएका छन् भने ७५ भन्दा बढी घर बाढीका कारण भत्किएका सरकारले बताएको छ ।
अन्नपूर्ण पोस्टबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved