Home » » ट्वेन्टी–ट्वेन्टी विश्वकप : नेपाली मुलका विष्टको उत्कृष्ट प्रदर्शन

ट्वेन्टी–ट्वेन्टी विश्वकप : नेपाली मुलका विष्टको उत्कृष्ट प्रदर्शन


काठमाडौं, चैत १ – भारतमा चलिरहेको ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको अभ्यास खेलमा नेपाली मुलका जय विष्टले उत्कृष्ट प्रदर्शन गरेका छन् । भारतको मुम्बई क्रिकेट एसोसिएसन ११ का तर्फबाट इंग्ल्याण्डविरुद्ध खेलेका विष्टले ३७ बलमा ५१ रन बनाएका हुन् । उनले त्यसक्रममा ५ चौका र २ छक्का हानेका थिए । २० वर्षे विष्ट नेपाली मुलका हुन् । उनका हजुरबुबा ७० वर्षअघि नेपालबाट मुम्बई पुगेर उतै सेटल भएका थिए । क्रिकेट सम्बन्धीको अनलाइन विस्डनइण्डियाका म्यानेजिङ इडिटर आनन्द बसुले विष्ट नेपाली भएको ट्वीट गरेका छन् ।
. @the_topspin Bista's grandfather came from Nepal and was a security guard in a building overlooking the Wankhede Stadium.
— Anand Vasu (@anandvasu) March 14, 2016
विष्टका हजुरबाले मुम्बईको बाङखडे स्टेडियम नजिकैको घरमा सुरक्षाकर्मीको रुपमा काम गरेका थिए । अहिले विष्टको घर पनि बाङखडे स्टेडियम नजिकै छ । उनका हजुर बुबा नेपालको कुन ठाउँबाट मुम्बई पुगेका थिए भने खुल्न सकेको छैन ।
जयका बाबु गोकुलले पनि मुम्बईबाट खेल्ने सपना देखेका थिए । तर उनी सफल हुन सकेका थिएनन् । केहि समयअघि भारतकै एक पत्रिकासँगको अन्तरवार्तामा जयका बाबु गोकुलले आफ्नो सपना छोराले पुरा गरेकोमा खुसी व्यक्त गरेका थिए ।
५ महिनाअघि फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका जयले अहिलेसम्म ५ वटा खेल खेलेका छन् । त्यस्तै उनले लिष्ट ए क्रिकेट ३ वटा र चार वटा ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेलेका छन् । उनले इंग्ल्याण्डविरुद्ध खेलेको यो खेल उनको जीवनको पाँचौ ट्वेन्टी–ट्वेन्टी क्रिकेट हो । ओपनर ब्याट्सम्यान जयले राम्रो बलिङ पनि गर्छन् ।
Ujyaaloonline बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved