Home » » ‘जंगे’को टिजरमा सुरज सिंहको फेरिएको लुक

‘जंगे’को टिजरमा सुरज सिंहको फेरिएको लुक


सुसन प्रजापतिको निर्माणमा उत्कल थापाले निर्देशन गरेको चलचित्र ‘जंगे’को टिजर सार्वजनिक गरिएको छ ।
यो चलचित्रको टिजरमा सत्ता र लडाइलाई प्रमुख स्थान दिइएको छ । चलचित्रको सार्वजनिक टिजरमा मुख्य कलाकार सुरज सिंह ठकुरीलाई नौलो अवतारमा देखाइको छ ।
‘नाई नभन्नु ल ४’मा डाक्टर र श्रीमान्को भूमिकामा देखिएका यी नायक यसमा भने शिर्ष भूमिकामा छन् । चलचित्रमा ऋचा शर्मा, शिखा शाही लगायतका कलाकार पनि छन् ।
सुभाष कोइराला र एमएस अंग्रजको पटकथा तथा संवाद रहेको चलचित्रमा सुसन प्रजापतिको छायांकन, सम्राट बस्नेतको एक्सन, उज्ज्वल ढकालको सम्पादन, अल्मोडा राना उप्रेतीको संगीत छ । यो चलचित्र वैशाख १७ गतेबाट नेपाल र नेपाल बाहिर रिलिज हुँदैछ ।
अनलाइनखबरबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved